बेलायतमा एकैदिन ३५ हजार बढी कोरोना संक्रमित थपिए
बेलायतमा एकैदिन ३५ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । यो संख्या जनवरी २३ यताकै उच्च हो । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा ३५ हजार ७०७ नयाँ संक्रमित थपिएका छन् ।
गतहप्ता शुक्रबार २६ हजार ७५८ जना संक्रमित रहेकोमा यो हप्ता संक्रमित संख्या ९ हजारले बढेको हो । बेलायतमा कोरोनाको तेस्रो लहर शुरु भएयता यो सबैभन्दा बढी हो । यससँगै बेलायतमा कुल संक्रमितको संख्या ५० लाख ५८ हजार नाघेको छ । सरकारको पछिल्लो तथ्याँकअनुसार इङ्ग्ल्यान्डमा कोरोना संक्रमण मापन दर १.२ देखि १.५ को बीचमा रहेको छ । गत हप्ता यो संख्या १.१ देखि १.३ को बीचमा कायम थियो ।
संक्रमण दरमा बृद्धि भएपनि मृतक संख्या भने यथावत नै रहेको छ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण २९ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म कोरोनाबाट एक लाख २८ हजार ३६५ जनाको निधन भइसकेको छ ।
कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्यामा पनि सामान्य वृद्धि भएको छ । पछिल्लो तथ्याङ्कअनुसार एकदिनमा ५०९ जना संक्रमित अस्पताल भर्ना भएका छन् । अस्पतालमा उपचार गराइरहेका संक्रमितको संख्या दुई हजार ७३१ रहेको स्वास्थ्य विभागले जानेको छ । भेन्टिलेटर बेडमा उपचार गराउनेको संख्या ४१७ रहेको छ ।
कोरोनाविरुद्धको खोप वितरण शुरु गरिएयता बेलायतमा ८ करोड भन्दा बढी डोज वितरण भइसकेको छ । यहाँ ६५ दशमलव ३ प्रतिशत वयस्कहरुले खोपको दुवै डोज लगाइसकेका छन् भने ८६ दशमलव ८ प्रतिशतले पहिलो डोज लगाएका छन् ।
पछिल्लो तथ्याङ्कअनुसार बेलायतमा ८ करोड ७२ हजार १२१ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ५६ लाख ९७ हजार ८७५ जनाले पहिलो र तीन करोड ४३ लाख ७४ हजार २४६ जनाले दोस्रो डोज लगाएका छन् ।
बेलायतमा संक्रमण दर बढ्दै गएको छ भने सरकारले लकडाउन हटाउने घोषणा गरिसकेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले आगामी जुलाई १९ मा लकडाउन खोल्ने घोषणा गरेका छन् । यसैगरी दुवै डोज खोप लगाइसकेकाहरुलाई सरकारले यात्रा प्रतिबन्धको नियम पनि सहज गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण