जीवनको अनन्त यात्रा
-निर्दोष नेपाल
विधि र सत्यलाई पागल ठानिएको दुनियाँमा
सदाचारको पातलो घुम्टो
अनि सत्यको सप्को हाल्न खोज्दा
मौका छोपी पखाल्दै गर्दा
प्रत्येक पाइलामा भूकम्प पाएँ
प्रत्येक विचारमा आलोचना खेपे
हत्या, अपहरण अनि बलात्कारका घटनाहरू
निमेषमा विस्फोट बनेर
निद घोप्टिएका आँखाहरूमा
अबिरल बहेका अभावहरूमा
शरीर उभ्याउने पाइतलाहरूमा
मध्यरातमा आँधीले झ्याल ढक्ढकाएर
अभावको त्यो कालो प्रकाशमा
आश्रय माग्दछन् मसँग
बस के दिन सक्छु म
आफैमा आधारविहीन छु
आफैमा विचारविहीन छु
अचेलत म सत्तापक्ष प्रतिपक्षको
भ¥याङमा चढ्दै ओर्लंदै गरिरहेको छु
क्षितिजको गर्भबाट जन्मेका विचारहरू खोज्दै
शान्तिसँग बुद्ध खोज्दै
आकाशसँग क्षितिज खोज्दै
नयाँ नेपालको शिविरमा उक्लिरहेका
सयौँ जीवनहरू खोज्दै
आँखाले भ्याउन्जेलसम्म
दृष्टिले ठम्याउन्जेलसम्म
बन्धनले नबाँधुन्जेलसम्म
मेरो यात्रा अनन्तः रहने छ
घुम्दै छु, धेरै ठाउँ घुमे
तर यात्राको फलै लागेन
टुक्रिन लागेको जीवनको अगाडि
खारा, जाजरकोट, मुगुमा ओत लागेर हेरे
हस्पिटलसँगै शय्या खोजे
बिरामीसँगै अक्सिजन खोजे
डाक्टरसँगै उपचार खोजे
तर मैले त यहाँ मानवताभित्र
मानवता देखिन
बस जीवनको सम्पादनमा जुटेका
कलम र मसीहरू
उपन्यास भर्ने मेरा जोसिला अक्षरहरू
सरकार सरकार नरहेपछि
बन्द हड्ताल, चक्का जाममा परे
त्यसैत अचेल म ?
स्तब्ध छु
मौन छु
शिथिल छु
बस जे छु
नयाँ नेपालमै छु
यौटा निख्खर मनको साथमा छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण