प्रदेश २ प्रदेशसभा बैठक अवरुद्ध
प्रदेश नम्बर २ प्रदेशसभा बैठक अवरुद्ध भएको छ । आइतबार बसेको छैठौं अधिवेशनको १३ औँ बैठक नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले अवरुद्ध गरेका हुन् । आर्थिक वर्ष ०७८/०७९ को बजेट मन्त्रीमुखी भएको भन्दै उनीहरुले बैठक अवरुद्ध गरेका हुन् ।
बैठक सुरु भएलगत्तै प्रदेशसभा सांसद सुन्दरबहादुर विश्वकर्माले प्रदेश सरकारको बजेट विगतका जिल्ला विकास समितिले वितरण गर्ने खालको समेत नरहेको बताए । विश्वकर्माले प्रदेश सरकारले प्रस्तुत गरेको बजेट सरकारको नभई कुनै पालिका वा निर्वाचन क्षेत्रको जस्तो बजेट रहेको दाबी गरे । उनले भने– ‘रेड बुक मोटो भएर हुँदैन यो बजेट एउटा निर्वाचन क्षेत्र, एउटा नगरपालिकाको बजेटको रुपमा हामीले देखिरहेका छौं । यो अत्यन्त पक्षपातपूर्ण छ । यो बजेटले सबै जनताको अधिकारमाथि कुठाराघात गरेको छ ।’
त्यस्तै सांसद दिलिप साहले यो बजेटले प्रदेशका समग्र जनतालाई समृद्ध बनाउन नसक्ने दावी गरे । सांसद साहले प्रश्न गर्दै भने– ‘अर्थमन्त्रीले आफ्नै क्षेत्रमा बजेट केन्द्रित गर्ने ? यति ठुलो षडयन्त्र ? मन्त्रीले आफ्नो क्षेत्रमा मनपरी बजेट राख्ने ? कसले अधिकार दियो ? सरकार भन्दैमा जे पनि गर्न पाइने ? छुट छ त्यस्तो ? यो सदनले मलाई लाग्छ, त्यस्तो छुट कसैलाई दिएको छैन ।’
साहले बजेटलाई समानुपातिक तथा सन्तुलित ढंगले विनियोजन गर्न माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण भने छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण