जनकपुरधाममा छठको तयारी तीब्र (फोटोफिचर)
जनकपुरधाम-मिथिलाञ्चलमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व तयारी जनकपुरधाममा धुमधामका साथ सुरु भएको छ।
नियम निष्ठा र विधिपुर्वक मनाईने साझा सांस्कृतिको रुपमा रहेको छठ पर्वकालागि आवश्यक पर्ने सामग्रीको जोहो गर्ने र किनमेल गर्ने कार्यमा सर्वसाधारण स्थानिय हाट बजारमा व्यस्त भएको देखिएका छन्। मिथिला क्षेत्रमा मनाइने छठ मंगलबारबाट विधिवत रुपमा सुरु भएको छ।
जनकपुरसहित देशभरि तथा भारतीय राज्य विहारमा भव्यतापूर्वक मनाईने छठ पर्वको दोस्रो दिन ब्रतालुहरुले राति मिठा (सख्खर)मा बनाईएको खीर खाने विधिलाई खरना भन्ने गरिन्छ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने सम्पुर्ण शक्तिको स्रोत सुर्यको उपासनाको यो महापर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो खरना, तेस्रो दिन अस्ताउदो र चौथो दिन उदाउँदो सुर्यलाई अर्घ दिएपछि विधिवत रुपमा समापन हुनेछ। छठ पर्व ब्रत अवधिभर माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामल लगायतका खाद्यवस्तुहरु अनिवार्य रुपमा बार्ने गरिन्छ।
चार दिनसम्म मनाईने छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने विधिलाई नहाय–खाय भन्ने गरिन्छ। प्राय बढी जसो महिलाहरुले मनाउने यस छठ पर्वमा पर्व प्रारम्भ भएसँगै चोखो र चनाखो भएर सम्पुर्ण विधिहरु गर्नुपर्ने मान्यता रही आएको धनुषा महेन्द्रनगरका स्थानिय सुधा सिंह बताउँछिन्।
भगवान सुर्यदेवको उपासना गरिने छठमा व्रतालुले व्रत सङ्कल्प गरेको भाकल अनुसारको केरा, उखु, भान्टा,अर्तकपात बदही , दुध, माटोको हात्ती, ढकनी चढाउने परम्परा रहेको छ। छठ पर्वको मुख्य दिन मानिने षष्टी तिथिका दिन एक बिहानै नुहाई धुआई गरी निराहार व्रत बसेका व्रतालुले बेलुका अस्ताउँदो सूर्यलाई कम्मरसम्म छोप्ने जलाशयको पानीमा उभिएर अर्घ दिने परम्परा रही आएको छ। तराई–मधेशमा यस विधिलाई साँझको अर्घ अर्थात ‘सझुका अर्घ’ भनिन्छ। पोखरी, इनार, तलाउ, नदी आदि ठाउँहरुमा टेन्ट फूलमालाले सजाइएको घाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई सूर्यलाई अर्घ दिएपछि यो पर्व सम्पन्न हुने परम्परा रहेको छ। बिहानको उदाउँदो सूर्यलाई दिइने अर्घलाई ‘भोरका अर्घ’ भनिन्छ।
साथै छठ पर्वका लागि आवश्यक सामग्री किनमेलका लागि जनकपुर लगायत स्थानिय हाटद बजारमा सर्वसाधारणको चहलपहल बढेको छ। छठमा चाहिने आवश्यक सामग्रीहरु केरा, दाउरा, सुप्पा, ढाकी, धुप, उखु, भन्टा आदि सामान किन्न आउने तथा बेच्न जानेको खुद्रा बजारमा चहलपहल बढेको हो। खास गरी तरकारी बजारहरुमा छठ पर्वको अधिकांस सामग्रीहरु पाउने भएको कारणले तरकारी बजारमा सर्वसाधारणको भीड बढेको छ।
जनकपुर तथा धनुषा जिल्लाकै प्रसिद्ध बजार सखुवा बजारमा प्रत्येक वर्ष झै यस वर्ष पनि भारतको हाजिपुरबाट तथा मधेशकै सबैभन्दा बढी केरा उत्पादन हुने ठाउँ सप्तरीको भारदह लगायतका स्थानबाट केरा ल्याईएको छ । बजारमा केराको एक घरीको २ सय देखि ५ सयसम्ममा बिक्री हुँदै आएको छ। बाँसका डाला, नाङ्गलो, ढकिया, कनसुप्ती र माटोको सामग्री लगायत छठ पर्वमा आवश्यक पर्ने नरिवल, सख्खर किनमेल गर्न सर्वसाधारण व्यस्त रहेका छन्।
मुख्यत सन्तान प्राप्ती, रोगनिदान र पारिवारिक कल्याणका लागि मनाईने छठ पर्वलाई भव्यता प्रदान गर्न ऐतिहासिक गंगासागर, धनुषसागर, अंगराजसर, महराज सागर अग्नीकुण्ड, रत्नसागर, बाल्मीकिसर लगायतका दर्जनौ पोखरी र सरोवरहरु विभिन्न संघ संस्था र युवाहरुले सरसफाई गरि बिजुली, पण्डाल लगायतका व्यवस्था मिलाउन व्यस्त छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण