अफगानिस्तानका आधा मानिसलाई मानवीय सहायतको आवश्यकता : राष्ट्रसङ्घ
लामो समयदेखि द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा आधा मानिसलाई मानवीय सहायता आवश्यक रहेको तथ्य सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसङ्घीय निकायले निरन्तर हिंसात्मक घटना भइरहेकाले देशको कूल जनसङ्ख्याको आधा मानिसलाई मानवीय सहायता आवश्यक रहेको तथ्य सार्वजनिक गरेको हो ।
मानवीय सहायता आवश्यक परेकामध्ये पाँच वर्षमुनिका बालबालिका पनि अग्रसूचीमा रहेका छन् । अफगानिस्तानका धेरै बालबालिकालाई कुपोषणको समस्या रहेको राष्ट्रसङ्घीय निकायले जनाएको छ ।
त्यसैगरी कोरोना भाइरसलगायतका रोग तथा विभिन्न प्रकोप पनि मानवीय सहायता आवश्यकताका कारण रहेका छन् ।
अफगानिस्तानका लागि राष्ट्रसङ्घको महासचिवका उपविषेश प्रतिनिधि रामिज अल्काब्रोभले आक्रमण र मृत्युका घटनाहरु भइरहेकाले मानवीय सहायता आवश्यक पर्नेहरूको सङ्ख्या बढ्दै गइरहेको उल्लेख गरेका छन् ।
उनले मानवीय सहायता आवश्यक परेका मानिसलाई सहयोगका लागि सबैलाई आह्वानसमेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण