अफगानिस्तानका आधा मानिसलाई मानवीय सहायतको आवश्यकता : राष्ट्रसङ्घ
लामो समयदेखि द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा आधा मानिसलाई मानवीय सहायता आवश्यक रहेको तथ्य सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसङ्घीय निकायले निरन्तर हिंसात्मक घटना भइरहेकाले देशको कूल जनसङ्ख्याको आधा मानिसलाई मानवीय सहायता आवश्यक रहेको तथ्य सार्वजनिक गरेको हो ।
मानवीय सहायता आवश्यक परेकामध्ये पाँच वर्षमुनिका बालबालिका पनि अग्रसूचीमा रहेका छन् । अफगानिस्तानका धेरै बालबालिकालाई कुपोषणको समस्या रहेको राष्ट्रसङ्घीय निकायले जनाएको छ ।
त्यसैगरी कोरोना भाइरसलगायतका रोग तथा विभिन्न प्रकोप पनि मानवीय सहायता आवश्यकताका कारण रहेका छन् ।
अफगानिस्तानका लागि राष्ट्रसङ्घको महासचिवका उपविषेश प्रतिनिधि रामिज अल्काब्रोभले आक्रमण र मृत्युका घटनाहरु भइरहेकाले मानवीय सहायता आवश्यक पर्नेहरूको सङ्ख्या बढ्दै गइरहेको उल्लेख गरेका छन् ।
उनले मानवीय सहायता आवश्यक परेका मानिसलाई सहयोगका लागि सबैलाई आह्वानसमेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्ले-अफ चरणमा पुग्न सङ्घर्षरत दिल्ली र बैंगलुरुबिच रोचक भिडन्त
-
एप्पल र ओपनएआईबीच साझेदारी, आइफोनमा पनि अब च्याटजीपीटी
-
गाजामा युद्ध जारी रहँदा अमेरिकाले साउदी अरब र इजरायलबिच मित्रता गराउन सक्ला ?
-
चतराधाम पूर्णमहाकुम्भ मेला अवधिमा ३५ जनाको उद्धार, तीन हजारको उपचार
-
रुसले फेरि गर्यो कीभमा आक्रमण, पाँच युक्रेनी गाउँ कब्जा गरेको दाबी
-
स्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार