भानुको प्रकाश
-सोमनाथ दाहाल
मधुर जलधि मीठो भानु तिम्रो चरित्र
कलकल कविताको पान गर्छौं सचित्र ।
सब रस अब बाँड्ने हुन्छ हाम्रो प्रयास
रमकझमक पार्ने भानु तिम्रो प्रकाश ।।
१
रसमय पथ रोज्यौ वाक्य राम्रो भनेर
नवरस भर पौडी खेल्न थाल्यौ गनेर ।
गुण रस लय भाषा मान गर्ने प्रयास
रमकझमक पार्ने भानु तिम्रो प्रकाश ।।
२
प्रकृति कथन लेख्ने रैछ तिम्रो बुभुक्षा
गुण रस कवि तिम्रो आद्य भन्दै सुरक्षा ।
बुनिकन जल यस्तो काव्य ग¥यौ विकास
रमकझमक पार्ने भानु तिम्रो प्रकाश ।।
३
सुगुण सरस लेख्ने छन्द सारा मिलाई
सब रस कवितामा भाव शिक्षा खुलाई ।
भ्रमर रस उकाल्थ्यो काव्य मागेर रास
रमकझमक पार्ने भानु तिम्रो प्रकाश ।।
४
किन अझपर खोज्छौ भानु बिर्सी जयन्ती
मुलुकभर लुकेका काव्यभित्रै अवन्ति ।
नवरस गुण लेख्यौ छर्न आऊ सुभाष
रमकझमक पार्ने भानु तिम्रो प्रकाश ।।
५
लेटाङ–२, मोरङ
हालः पिण्डेश्वर संस्कृत विद्यापीठ, धरान
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण