वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि खोप सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानवअधिकार आयोगले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूका लागि खोपको सुनिश्चितता गर्न आग्रह गरेको छ । शुक्रबार आयोगले एक विज्ञप्ति जारी गर्दै आयोगले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूका लागि खोपको सुनिश्चिता गर्न सरकारसँग आग्रह गरेको हो । आयोगले नेपाली श्रमिकहरूका लागि गन्तव्य देशमा जानु अगाडि स्वदेशमै एकपटक लगाए हुने र गन्तव्य मुलुकले समेत मान्यता दिएको कोभिड १९ खोप लगाउन आग्रह गरेको छ ।
जारी विज्ञप्तिमा भनिएको छः ‘ वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूका लागि गन्तव्य देशमा जानु अगाडि स्वदेशमै एकपटक मात्र लगाए हुने र गन्तव्य मुलुकले समेत मान्यता दिएको कोभिड १९ को जोखिमबाट बच्न सकिने खोप लगाउने वा अन्य वैकल्पिक व्यवस्था गर्न तथा गन्तव्य मुलुकमा नेपाली श्रमिकहरुलाई पर्न सक्ने कठिनाइको न्युनीकरणका लागि आवश्यक सहजीकरण गरी नेपाली श्रमिकहरुको मानवअधिकारको संरक्षण गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।’
आयोगले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई कोभिड १९ विरुद्धको खोप तत्काल व्यवस्थापन गर्न कोभिड १९ संकट व्यवस्थापन केन्द्र लगायत अन्य सम्बन्धित निकायहरूलाई पत्राचार समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण