वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि खोप सुनिश्चित गर्न आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूका लागि खोपको सुनिश्चितता गर्न आग्रह गरेको छ । शुक्रबार आयोगले एक विज्ञप्ति जारी गर्दै आयोगले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूका लागि खोपको सुनिश्चिता गर्न सरकारसँग आग्रह गरेको हो । आयोगले नेपाली श्रमिकहरूका लागि गन्तव्य देशमा जानु अगाडि स्वदेशमै एकपटक लगाए हुने र गन्तव्य मुलुकले समेत मान्यता दिएको कोभिड १९ खोप लगाउन आग्रह गरेको छ ।
जारी विज्ञप्तिमा भनिएको छः ‘ वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूका लागि गन्तव्य देशमा जानु अगाडि स्वदेशमै एकपटक मात्र लगाए हुने र गन्तव्य मुलुकले समेत मान्यता दिएको कोभिड १९ को जोखिमबाट बच्न सकिने खोप लगाउने वा अन्य वैकल्पिक व्यवस्था गर्न तथा गन्तव्य मुलुकमा नेपाली श्रमिकहरुलाई पर्न सक्ने कठिनाइको न्युनीकरणका लागि आवश्यक सहजीकरण गरी नेपाली श्रमिकहरुको मानवअधिकारको संरक्षण गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।’
आयोगले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई कोभिड १९ विरुद्धको खोप तत्काल व्यवस्थापन गर्न कोभिड १९ संकट व्यवस्थापन केन्द्र लगायत अन्य सम्बन्धित निकायहरूलाई पत्राचार समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनको स्वरूप फेर्ने तयारीमा एकीकृत समाजवादी
-
अस्ट्रेलियापछि कास्कीको धम्पुसबाट थालियो ‘पीआर’को छायाङ्कन
-
भारत-पाकिस्तानलाई संयुक्त राष्ट्रसंघका महासचिवले दिए यस्तो सुझाव
-
फ्रेडरिख मर्ज जर्मनीको नयाँ चान्सलर निर्वाचित
-
राक्सिराङमा बोलेरो दुर्घटना : ९ जना घाइते, ६ जनाको अवस्था गम्भीर
-
कोशी प्रदेश सभाका अधिकांश सांसद भ्रमणमा व्यस्त, संसदीय गतिविधि ठप्प