प्रदेश २ मा माओवादीबाट साह र कर्ण मन्त्री बन्ने
शुक्रबार, ०१ साउन २०७८, २२ : ४५
नेकपा माओवादी केन्द्र प्रदेश नम्बर २ संसदीय दलले सरकारमा सहभागी हुने नेताको नाम तय गरेको छ । सो दलले माओवादी केन्द्रका तर्फबाट भरतप्रसाद साह र रुवी कर्णलाई सरकारमा पठाउने निर्णय गरेको हो ।
शुक्रबार बसेको संसदीय दलको बैठकले साहलाई मन्त्री र कर्ण राज्यमन्त्रीमा पठाउने निर्णय गरेको छ । साह र कर्णलाई सरकारमा पठाउने निर्णय भएपनि उनीहरुलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने निश्चित भैसकेको छैन । शनिबार ३ बजे सपथ ग्रहणको कार्यक्रम तय गरिएको छ ।
स्रोतका अनुसार माओवादीलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, अर्थ मन्त्रालय र कृषि मन्त्रालयमध्ये एउटा दिने तयारी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण