मौद्रिक नीति ढिलो आउने संकेत !
सरकारले मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र ल्याउने भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र ल्याउने जानकारी गराएका हुन् । अहिले आफू अर्थतन्त्रको अध्ययनकै चरणमा रहेको बताउँदै अर्थमन्त्री शर्माले भने, ‘अब हामीले छिट्टै मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्था समेटेटिएको श्वेतपत्र ल्याउछौं ।’
अर्थमन्त्री शर्माका अनुसार मन्त्रालयले हालसम्मको अर्थतन्त्रको समग्र अवस्था र आगामी कार्य योजनासहितको भिजन समेटेर श्वेतपत्र ल्याइनेछ । उनले हालसम्म आर्थिक अवस्थाको सूचकांकले देखाएको स्थितिलाई श्वेतपत्रमा समेटिने जानकारी दिए ।
मन्त्री शर्माले मातहतका मन्त्रालयका सचिव र सम्बन्धित विभागका कर्मचारीलाई श्वेतपत्रको तयारी गर्न आग्रह गरिसकेको जानकारी गराउँदै आगामी श्वेपतत्रलाई आधार बनाएर सरकारको रणनीति तय हुने बताए ।
उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत १५ जेठमा ल्याएको नयाँ बजेट अध्यादेश आगामी आइतबार प्रतिनिधिसभामा टेबुल हुने जानकारी दिए । बजेट अध्यादेश अब संसद्को बिजनेस भएको बताउँदै अर्थमन्त्री शर्माले सो अध्यादेशबारे संसद्ले नै आवश्यक निर्णय गर्ने बताए । सर्वोच्च अदालतबाट पुनस्र्थापित संसद् बैठक आगामी ३ साउनमा बोलाइएको छ । सोहीअनुरूप आगामी आइतबार अपराह्न ४ बजेदेखि दुवै संसद्को बैठक बस्ने छ ।
यसैगरी, अर्थमन्त्री शर्माले हाल आफूले अर्थ मन्त्रालय र मातहतका निकायको जानकारी लिइरहेको र सम्बन्धित विभागसँगको समन्वयमा आवश्यक जानकारी लिइरहेकाले मौद्रिक नीति ढिलो आउने संकेत गरे ।
अघिल्लो सरकारले साउनको पहिलो साता मौद्रिक नीति सार्वजनिक हुने बताएको भए पनि उनले यो सरकारले आगामी मौद्रिक नीति ल्याउन हतार नगर्ने र केही समय ढिलो गरेर मात्रै मौद्रिक नीति ल्याइने बताए । शुक्रबारदेखि सुरु भएको नयाँ आवका लागि मौद्रिक नीतिको तयारी राष्ट्र बैंकले गर्ने भनिए पनि सरकारको निर्देशनमा मात्रै मौद्रिक नीति आउने गर्छ । अर्थ मन्त्रालयको आवश्यक समन्वय र निर्देशनमा मौद्रिक नीति आउने जानकारी गराउँदै उनले मौद्रिक नीति राष्ट्र बैंकले ल्याउने भए पनि विभागीय मन्त्रीसँगको समन्वयमा मात्रै आउने जनाए ।
त्यसैगरी, अर्थमन्त्री शर्माले पुँजीबजार जनताको हितमा भएको बताए । उनले अहिले राजस्व संकलनको ठूलो स्रोत भएका कारण पुँजीबजार महŒवपूर्ण क्षेत्र बनेको बताए । अर्थ मन्त्रालयका अनुसार पुँजीबजारबाट गत आवमा मात्र १४ अर्ब राजस्व संकलन भएको छ ।
मन्त्री शर्माले विश्वासको मत नपाएसम्म पूरक बजेट नआउने बताए । उनले हालको जटिल अवस्थाबीच सर्वोच्च अदालतले पदस्थापन गरिदिएको शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारले तत्काल पूरक बजेट नल्याउने जनाए । यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण