दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बन्ने
सरकारले कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह तथा एकीकृत जाँच चौकी निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) तयार पार्न नेपाल इन्टरमोडल यातायात विकास समितिलाई अनुमति दिएको छ ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले मुख्यगरी सुदूरपश्चिम क्षेत्रको विकास, व्यापार विस्तार र सोको व्यवस्थापन गर्न कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण गरिने सुक्खा बन्दरगाहको ‘डीपीआर’ र ‘ईआईए’ गर्न वन तथा वातावरण मन्त्रालयले समितिलाई अनुमति दिएको जानकारी दिए ।
उनले भने, “मन्त्रालयको अनुमतिसँगै ‘डीपीआर’ र ‘ईआईए’ गर्न परामर्शदाता छनोटका लागि यसै महिनाभित्र बोलपत्र आह्वान गरिने छ । चालू आर्थिक वर्षमा नै यो दुवै काम सम्पन्न गरिने छ ।” उहाँले ‘डीपीआर’ र ‘ईआईए’ भएपछि आयोजना निर्माणको कामले तीव्रता पाउने बताए ।
नेपाल इन्टरमोडल यातायात विकास समितिले सो बन्दरगाह तथा एकीकृत जाँच चौकी निर्माणका लागि ‘डीपीआर’ र ‘ईआईए’ बनाउन स्वीकृति माग गर्दै गत वैशाखमा मन्त्रालयसँग अनुमति माग गरेको थियो । यसअघि सो बन्दरगाह निर्माणका लागि गुरुयोजना, सम्भाव्यता अध्ययन, जग्गा यकिनको काम सम्पन्न भइसकेको कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला उपचार केन्द्रमा तलब विवाद, हडताल
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण