सधैं राम्रो कलाकार बन्ने सपना देखें : पुष्प
एक समय कलाकारिताबाट घर र गाडी जोड्नु ठुलो कुरो हुन्थ्यो । पछिल्लो समय भने कलाकारका लागि यो ठुलो कुरो रहेन । अहिले धेरै कलाकारले कलाकारिताको कमाइबाट महङ्गो गाडी र घर जोड्न सफल भएका छन् । ती मध्येका एक हुन् अभिनेता पुष्प खड्का । कलाकारिताको आम्दानीबाट केही अगाडि कैलालीमा पक्की घर बनाइसकेका छन् भने अहिले ७० लाखको गाडी किनेका छन् । आफुले ७० लाखको गाडी किनेको उनले सोमबार सामाजिक सञ्जालबाट जसको जानकारी उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।
फिल्मको हिरो बन्ने सपना बोकेर कैलालीबाट काठमाडौं छिरेका उनले म्यूजिक भिडियोबाट कलाकारिता सुरु गरेका थिए । ‘अझै पनि’ मा सहायक अभिनेताको रुपमा फिल्म डेब्यु गरेका उनी ‘दर्पण छायाँ–२’ बाट हिरो बन्न सफल भएका थिए । त्यसपछि ‘मंगलम’ अभिनय गरेका खड्कालाई मंगलम पछि भने कहिलै पछाडि फर्किएर हेर्नु परेन ।
कतिपय कलाकार कलाकारिताबाट खान पुग्दैन भनिरहेको समयमा उनले भने घर र गाडी जोड्न सफल भएका छन् । सायद त्यसैले होला उनी आफूले देखेका केही सपना पूरा हुँदै गएको बताउँछन् । तर, सम्पत्ति जोड्नु आफ्नो कहिल्यै ठूलो सपना नरहेको उनको भनाई रहेको छ ।
आफुले सधैं राम्रो कलाकार बन्ने नै सपना देखेको बताएका खड्का भन्छन्– ‘मनोरञ्जन दुनियाँमा लागेर जीवन चलाउन अव दुःख छैन ।’ निषेधाज्ञा खुकुलो भएसँगै पुष्पलाई म्यूजिक भिडियोको पनि भ्याइनभ्याइ छ । निर्देशक मुकुन्द भट्टको नयाँ फिल्ममा पनि काम गर्ने तयारीमा रहेका उनको निषेधाज्ञाभन्दा अगाडि अभिनय गरेको दुई चलचित्र ‘कृष्ण लीला’ र ‘मनसँग मन’ पनि प्रदर्शनको पर्खाइमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्याण्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण