लोकतन्त्रको भागीदार म
-नृपराज बराल
लोकतन्त्रको मतियार म, लोकतन्त्रको ठेकेदार म
मैले केही गरे मात्र लोकतन्त्र बच्छ
मैले जे बोले नि, जे गरे नि लोकतन्त्रमा पच्छ
हो लोकतन्त्रको भागीदार म, लोकतन्त्रको अंशियार म ।।
लोकतन्त्रमा, त्यो पनि रोस्टममा उभिएर बोल्ने तपाईं को ?
तपाईंले बोल्दा मेरो बेइज्जत भो
तपाईं जनताको बोली बोल्नुहुन्छ, त्यो मलाई पच्दैन,
तपाईंले बोलिसकेपछि मेरो इज्जत बच्दैन ?
मेरो इज्जत खोस्ने तपार्इं को ?
तपार्इंले बोलिसकेपछि मेरो शरीर नाङ्गेझार भो ।।
तपाईंले बोलिसकेपछि मेरो शरीर नाङ्गेझार भो ।।
लोकतन्त्रमा लड्दा लड्दै, हो मेरो इज्जत बढेको
लोकतन्त्रमा लड्दालड्दै, हो मैले चिल्लो कार चढेको
तपाईं मेरो कार चिल्लो छ भनेर देख्ने को ?
तपाईं मेरोविरुद्धमा लेख्ने को ?
लोकतन्त्रको अंशियार म, लोकतन्त्रको भान्से म
कालोलाई सेतो हो भनी, बोल्ने मान्छे म,
कालोलाई सेतो हो भनी, बोल्ने मान्छे म,
लोकतन्त्र बचाउन भनी मैले आफ्नै दाजुभाइ लखेटे
मेरा अंशियारहरूलाई छाडिन
लोकतन्त्रमा जेजे पाक्यो मीठो मसिनो, एक्लै खाएँ
कसैसँग बाँडिन
तपाईं मेरो भाग खोस्ने को ?
तपाईं म बसिरहेको कुर्सी रोज्ने को ?
लोकतन्त्रको मतियार म, लोकतन्त्रको ठेकेदार म
हो लोकतन्त्रको भागीदार म, लोकतन्त्रको अंशियार म ।।
सिमरा–१, बारा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण