कतारबाट ओर्लने बित्तिकै काठमाडौँमा सुन लुटपाट
विदेशबाट सुन लिएर आएका दुई जना युवा काठमाडौँको मित्रपार्कमा लुटिएका छन् । कतारको दोहाबाट हिमालय एयरलाइन्स मार्फत काठमाडौं आएका झापाका मातृका चौलागाई र नवलपरासी घर भएका विजय पुलामी मगरलाई तीन जनाको समूहले लुटेका हुन् ।
सोमबार साँझ ९ बजेर १० मिनेटमा उनीहरू सवार ट्याक्सीलाई पछ्याएर तीन जनाको समूहले सुन लुटेर भागेको पीडितको भनाई छ । केटिएम ड्यूक मोटरसाइकलमा आएका तीन जनाले विदेशबाट ल्याएको १ सय ग्राम तौल बराबरको दुई ओटा बाला लुटेर भागेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।
लुटपाटमा संलग्न व्यक्तिहरूबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।
चौलागाईं र पुलामी चढेको बा.१ ज ३५९० नम्बरको ट्याक्सीलाई महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले नियन्त्रणमा लिएको छ । मित्रपार्कमा ट्याक्सीबाट ओर्लने क्रममा उनीहरू लुटिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शङ्कास्पद पार्किङ अस्वाभाविक : रवि लामिछाने
-
मन्त्री लम्सालको योजना अचम्मको छ, मेरो क्षेत्रमा बजेट नपरे पनि म प्रभावित भएँ : सांसद मगर
-
राष्ट्रपति पौडेलद्वारा विनियोजन विधेयकसहित तीन विधेयक प्रमाणीकरण
-
एसियाली उमेरसमूह पौडी च्याम्पियनसिपमा नेपालका १६ खेलाडीले प्रतिस्पर्धा गर्ने
-
बाग्मतीका पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता दिन सुरु
-
स्ट्रेट अफ होर्मुज भएर जाने जहाजबाट २० प्रतिशत टोल फी असुल्न खोज्दैछन् ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण