बालकोटमा ओली–विप्लव भेट, के भयो कुराकानी ?
पूर्वप्रधानमन्त्री एवं नेपाल एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनस्टि पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।
मंगलबार ओली निवास बालकोटमा नेकपाका भएको भेटवार्तामा सहभागी एमाले नेता राजन भट्टराईका अनुसार भेटमा चन्दले यसअघि भएको सहमतिअनुसार अगाडि बढ्ने जानकारी दिएका थिए । गोरखापत्रमा खबर छापिएको छ ।
पछिल्ला केही दिन यता विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधव नेपाल, नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन वैद्य किरण र जनता समाजवादी पार्टी (जसपा) सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग भेट गरिसकेका छन् । नेताहरूसँगको भेटमा विप्लवले तीन बुँदे सहमतिको कार्यान्वयन तथा अझै हिरासतमा रहेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाइको बारेमा चासो व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण