प्रधानन्यायाधीश राणालाई सुरक्षा चुनौती
बुधबार, ०६ साउन २०७८, ०८ : १७
सत्ता परिवर्तनका वाहक बनेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सुरक्षा थप गरिएको छ । संसद् विघटनसँग सम्बन्धित मुद्दामा तत्कालीन सरकारको विपक्षमा फैसला आएपछि उनलाई दिँदै आएको सुरक्षामा थप गरिएको हो।
राणालाई सुरक्षा चुनौती बढेको भन्दै वर्तमान सरकारले उनको सुरक्षामा ध्यान दिँदै थप सुरक्षाकर्मी परिचालन गरेको छ । उनको निजी निवासमा पनि सुरक्षाकर्मी बढाइएको छ भने सरकारी निवासमा समेत सुरक्षाकर्मी बढाइएको एक प्रहरी अधिकृतले जानकारी दिए ।
‘अहिले उहाँमा सुरक्षा चुनौती बढेकाले थप सुरक्षाकर्मी परिचालन गर्नू भन्ने गृह मन्त्रालयको आदेश आएपछि एक कम्पनी सुरक्षाकर्मी थप गरेका छौं ।’ –ती सुरक्षा अधिकारीले भने । संसद् पुनःस्थापनापछि सार्वजनिक सडकमा उनको सवारी हुँदा सुरक्षाकर्मीको स्कटिङ पनि अघिपछिको भन्दा बढी देखिएको छ । नेपाल समाचारपत्रमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण