यी हुन् लुम्बिनी विकास कोषले आह्वान गरेको ठेक्कामा चलखेल गर्ने १२ कम्पनी
लुम्बिनी विकास कोषले आह्वान गरेको विवादित ठेक्कामा चारजना व्यवसायीको अगुवाइमा १२ जनाले ठेक्का लिने चलखेल गरेको खुल्न आएको छ। कोषले गत जेठ १० मा लुम्बिनी गुरुयोजनाअन्तर्गत सडक, ढल, बिजुलीलगायत विभिन्न निर्माण कार्य गर्न चारवटा प्याकेज तयार गरी बोलपत्र प्रकाशित गरेको थियो।
मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक साढे तीन अर्ब रुपैयाँको यो ठेक्कामा मुख्य रुपमा चारवटा ठेकेदार कम्पनी र तीअन्तर्गत तीन र दुईजनाका दरले ९ वटा कम्पनी ज्वाइन भेन्चर (जेभी) मा समावेश गरी ठेक्का मिलाउन चलखेल गरिएको हो। कोष सम्बद्ध उच्च स्रोतका अनुसार १२ जना व्यवसायीले २ देखि ५ प्रतिशतसम्म रकम घटेर ठेक्का मिलाउने तयारी गरेका छन्। त्यसअनुसार मिलेर ठेक्का हालिएको छ। कोषले बिहीबार ठेक्का खोल्दैछ।
कोष स्रोतले चार मुख्य कम्पनीमा अर्घाखाँची, बाबुल, लुम्बिनी र कमलजित रहेको जानकारी दियो। यीसँगै जेभीमा समावेश हुने कम्पनीहरूमा रमन, गजुरमुखी, एपेक्स, लामा, बुद्ध, हनुमान, राम जानकी र खानी निर्माण सेवा छन्। यी १२ वटै कम्पनीको मिलेमतोमा बोलपत्रको प्रावधान तयार गर्दा मुख्य चार कम्पनीको अनुभवलाई मात्र मिल्नेगरी बनाइएको छ।
अर्कोतिर साढे तीन अर्ब रुपैयाँको ठेक्का लगाउँदा मिलेमतोमा सुरुमै अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई रोक्ने काम गरिएको कोष स्रोतको दाबी छ। कानुनले एक अर्ब रुपैयाँभन्दा बढी रकमको ठेक्का लगाउँदा अन्तर्राष्ट्रिय रुपमा बोलपत्र प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको छ। तर, यहाँ निर्माण व्यवसायी र कोषका केही पदाधिकारीको मिलेमतोमा ठेक्कालाई एक अर्ब रुपैयाँभन्दा तल बनाएर चारवटा प्याकेजमा तयार गरिएको छ। कानुनले ठूलो रकमको ठेक्कालाई त्यसको औचित्य हेरेर ससाना टुक्रामा बनाउन पनि सुविधा दिएको छ। कानुनको यही छिद्रता प्रयोग गरेर चारवटा प्याकेजमा ठेक्का तयार पारिएको हो। ठेक्कामा मुख्य भूमिका निर्वाह गर्नेे चार कम्पनीले अहिले ककसलाई जेभीमा राख्ने भनेर सबै मिलाएका छन्।
यो समाचार आजको नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण