बालबालिकालाई मोबाइलको लत छुटाउन के गर्ने ?
बालबालिकालाई मोबाइल प्रयोगको लतबाट छुटाउन अभिभावकले नै पहल गर्नुपर्ने सुझाव विज्ञहरूको छ । कोभिड–१९ को महामारीका कारण अहिले डिजिटल प्रविधिको सिकाइ, सामाजिकीकरण र मानसिक स्वास्थ्य व्यवस्थापन गर्न गाह्रो भएको अवस्थामा अभिभावकले आफ्ना बालबालिकालाई सावधानीपूर्वक मोबाइलको प्रयोग गर्न प्रेरित गर्नुपर्ने बाल मनोरोग विशेषज्ञ डा. गुञ्जन घोजूले जानकारी दिए ।
उनले भने, “इन्टरनेटमा अत्यधिक समय खर्चिनु भनेको पनि एक प्रकारको मानसिक रोग नै हो । धेरै इन्टरनेट वा फोन, ल्यापटपजस्ता उपकरण (ग्याजेट) मात्र चलायो र पठनपाठनतर्फ खासै ध्यान दिन सकेको छैन भने बालबालिकालाई मानसिक समस्या भएको भन्ने बुझ्नुपर्छ ।”
बालबालिकाले कुन अवस्थामा इन्टरनेट चलाइरहेको छ भन्ने बुझ्न जरुरी रहेको डा. घोजूको भनाइ छ । कुनै मानसिक तनावले पनि यस्ता प्रविधि बढी समयसम्म चलाउने गरिन्छ । उनले थपे, “बालबालिकालाई के भइरहेको छ भन्ने कुरा अभिभावकले मायाले सोध्नुपर्छ ।”
अभिभावकको भनाइ बालबालिकाका लागि प्रेरणाको स्रोत हुन्छ । बालबालिकालाई आफूसँगै सिर्जनात्मक काम गर्न प्रेरित गर्न सकियो भने इन्टरनेट चलाउनमा ध्यान कम जाने उनको सुझाव छ ।
चाइल्ड सेफ नेटका निर्देशक अनिल रघुवंशीले घरबाहिर साथीभाइसँग घुलमिल गराउनुको साटो पछिल्ला दिनमा अभिभावकले मोबाइल दिएर टार्ने प्रवृत्ति हावी भएको बताए । उनले आफ्नो बच्चाले सानै उमेरमा मोबाइल चलाउन जान्नुलाई बच्चा ‘स्मार्ट’ भएको संज्ञा दिने अभिभावकहरूको पनि समाजमा कमी छैन । सामाजिक सञ्जालको संसार आफैँमा कृत्रिम भएको र त्यसमा देखाइने दृश्य तथा सामग्री बालबालिकामैत्री नहुने विज्ञको सुझाव छ ।
रघुवंशीका अनुसार मोबाइलको लत अल्कोहलको नशाजस्तै हो । मोबाइलबिना बच्चा हुर्काउन सकिँदैन भन्ने बाध्यताको भ्रमलाई अभिभावकले अब समयमै चिर्नुपर्ने उनको भनाइ छ ।
बालमनोविद् तारा अधिकारीले प्रविधिको स्वस्थकर प्रयोगका लागि बेलुकी खानाको समय र सुत्ने समयमा मोबाइल फोनको प्रयोग निषेध गर्न सुझाव दिए । उनले खाना खाने टेबल, सुत्ने कोठाबाट सकेसम्म मोबाइल र टीभी टाढा राख्ने बानी बसाल्नुपर्ने जानकारी दिए ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण