जबरजस्ती करणीको झुठा जाहेरी दिँदा...
त्यस दिन दिउँसो ४ बजेतिर प्रहरी कार्यालयमा फोन आयो। प्रहरीलाई एक महिलाले रुँदै भनिन्, ‘ममाथि जबरजस्ती भयो।’ प्रहरी तत्काल उनको घर पुग्यो। महिलाले आफूलाई जबरजस्तीको प्रयास गरेको आरोप लगाएका पुरुषलाई पक्राउ गर्यो। प्रहरीमा ती महिलाको जाहेरी पनि पर्यो। प्रहरीको अनुसन्धानका आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगको मुद्दा हाल्यो। ती आरोपित पुरुषलाई अदालतले अनुसन्धानका लागि कारागार पनि पठायो।
०७६ साल असार २४ गते त्यसरी पक्राउ परेर जेल गएका पुरुष भने त्यसै साल कात्तिकमा छुटे। यो साता भने ती महिलालाई पक्रेर प्रहरीले जेल पठाएको छ। भएको के थियो भने अदालतले ती महिलाले पुरुषविरुद्ध झुठा जाहेरी दिएको ठहर्याएको थियो। उनको जाहेरीको आधारमा जेल परेका ४९ वर्षे पुरुष अदालतको २०७६ साल कात्तिक ४ गतेको निर्णयपछि छुटेका थिए। महिला आफ्नै घरतिर थिइन्। गत महिना, असार २८ गते भने प्रहरीले उनलाई पक्रेको हो।
कास्की अदालतका न्यायाधीश काजीबहादुर राईको इजालासले ती महिलालाई एक महिना कारागार सजायको फैसला सुनाएको थियो। फैसलापछि महिला फरार सूचीमा थिइन्। प्रहरीले फरार सूचीका प्रतिवादी खोज्ने क्रममा पक्रेर उनले भुक्तान गर्न बाँकी रहेको जेल सजायका लागि जेल पठाएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवा हमाल बताउँछन्।
सर्वाेच्च अदालतबाट जारी विशेष प्रकृतिका मुद्दाहरूको कारबाही गोपनियता कायम राख्नेसम्बन्धी कार्यविधि निर्देशिका २०६४ अनुसार ती जाहेरवाला महिलाको वास्तविक नाम अदालतको फैसलामा उल्लेख छैन। परिवर्तित भनेर ‘पोखरा ११२’ नाम दिइएको छ।
पोखरा ३२ खुदीखोला बस्ने ती महिलाले गरेको चरित्र हत्या, दोष लगाउने कार्य औचित्यपूर्ण नदेखिएको ठहर गर्दै मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ४४ को उपदफा २ (क) बजोजिम कैद सजाय ठहर भएको थियो। २०७४ मा बनेर २०७५ सालदेखि लागू भएको फौजदारी संहिताले गम्भीर प्रकृतिका कतिपय विषयमा झुठा मुद्दा लगाए मुद्दा लगाउनेलाई नै सजाय हुने व्यवस्था गरेको छ। सोही व्यवस्थाअनुसार महिलालाई १ महिना कारागार सजाय भएको हो। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण