कांग्रेसमा पार्टीको केन्द्रीय नेतृत्व ताक्दै युवा जमात
मिति तय भैइकेको कांग्रेसको १४औँ महाधिवेशनले दाङका युवा कांग्रेसीहरूलाई नेता बन्ने स्वर्णिम अवसर आएको महसुस गराइदिएको छ। लामो समयसम्म नेवि संघ, तरुण दल जस्ता भातृ संस्थामा रहेर राजनीति गरेका उनीहरू अधिकांश अब पार्टी राजनीतिमा सक्रिय हुने अभिलाषा पलाएको छ।
नेवि संघका कुलराज पोखरेल महेन्द्र बहुमुखी क्याम्पसको एकाइ सचिव हुन्। जिल्लामा हुने नेविसंघका हरेक कार्यक्रममा अग्रणी भूमिकामा रहँदै आएका उनको पनि पदीय हैसियत सात वर्षसम्म एउटै रह्यो–नेवि संघ क्याम्पस एकाइ सचिव। उनी भन्छन्, ‘नेवि संघकै उपल्लो तहमा रहेर राजनीति गर्ने सोच भए पनि सात वर्षसम्म मेरो योजना सफल भएन।’ स्वाभाविकै रूपमा उनको ध्यान पनि अब पार्टीको महाधिवेशनतिर तानिएको छ। वडा तहको नेतृत्व वा क्षेत्रीय प्रतिनिधि बनेर पार्टी राजनीतिमा लाग्ने मनसाय उनले बनाएका छन्। तर उनी भन्छन्, ‘यो मेरो व्यक्तिगत सोंच हो, अग्रजको सल्लाहबमोजिम अगाडि बढ्ने छु, तर मेरा समकालीन साथीहरूले पार्टीको उपल्लो राजनीतिको तयारी गरिरहँदा म पनि त्यसप्रति इच्छुक हुनु स्वाभाविकै हो।’
कुलराजले भने जस्तै प्रत्येक २÷२ वर्षसम्म हुन नसकेको नेवि संघको अधिवेशन जिल्लामा सात वर्ष पुग्नै लाग्दा पनि हुन सकेन। नेवि संघका नेताहरूका अनुसार नेवि संघको जिल्ला अधिवेशन नभएको आगामी असोजमा ७ बर्ष पुग्छ। यो अवधिमा एकाइ वा जिल्ला सदस्य बनेर नेवि संघको राजनीतिमा भित्रिएका युवाहरू त्यही पदमै सीमित बन्न पुगे। जिल्ला अधिवेशन नहुँदा नेवि संघको उपल्लो पदमा पुग्न चाहने युवाहरूलाई पार्टी राजनीतिका लागि सक्षम महशुस गराइदिएको छ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण