टीभीएस एनटर्क रेस एडिसन ‘वेस्ट इन क्लास’ नाराका साथ नेपाली बजारमा
काठमाडौं । टीभीएस मोटरको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले ‘टीभीएस एनटर्क १२५ स्कूटर रेस एडिसन’लाई नेपाली बजारमा भित्र्याउने भएको छ ।
टीभीएस एनटर्क रेस एडिसनलाई “Best in class: Pick-up, Power, Performance, Better than FI” नाराको साथ नेपाली बजारमा भर्चुअल लन्च द्वारा जगदम्बा मोटर्सको अफिसियल फेसबुक पेजबाट २५ जुलाई २०२१ को साँझ ५ बजेबाट लन्च गर्ने भएको हो ।
टीभीएस एनटर्क १२५ स्कूटरले बजारमा ब्लुटुथ जडित पूर्ण डिजिटल स्पीडोमीटर (नेभिगेसन एसिस्ट्यान्ट, कलर आईडी,स्पीड रेकर्डर, इन–बिल्ट ल्याप–टाइमर र सर्भिस रिमाइन्डरको साथ) इन्जिन किल स्विच, स्टील्थ इन्स्पायर्ड स्टाइलिसको रुपमा आफूलाई प्रस्तुत गर्दैछ ।
सन् २०१८ मा टीभीएस एनटर्क १२५लाई नेपालमा पहिलो ब्लुटुथ जडित स्मार्ट स्कूटरको रूपमा सुरू गरिएको थियो र यो नेपालको पहिलो स्मार्ट स्पोर्टी स्कूटरको रूपमा स्थापित गर्न सक्षम भएको छ ।
सन् २०२० मा एनटर्क १२५ रेस एडिसन आफ्नो १२५–सीसीको श्रेणीमा नेपाली बजारमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कूटरको रुपमा स्थापित भएको कम्पनीको दावी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरका होटल र पानी उद्योगमा विभागको छापा : तीन व्यवसायलाई कारबाही
-
जनमत पार्टीका सचिव यादवले दिए राजीनामा
-
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
-
पाकिस्तानमा मनसुनी वर्षा र बाढीबाट मृत्यु हुनेको संख्या एक सय ७ पुग्यो
-
युट्युब र एआईका अप्रमाणित सामग्री नियन्त्रण गर्न कानुनी सुधारको माग
-
यातायातको सर्भर अद्यावधिक गर्दा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण