बहिर्गमित जनमुक्ति सेनाले भेटे प्रधानमन्त्री
बहिर्गमित जनमुक्ति सेना नेपाल प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफ्नो मुद्दाको बारेमा ध्यानाकर्षण गराएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार भेटेर उनीहरूले आफ्ना मुद्दाका बारेमा ध्यानाकर्षण गराएका हुन् ।
बहिर्गमित जनमुक्ति सेना नेपाल प्रवक्ता तथा उपाध्यक्ष राजन थापा (सुवास)ले विगत लामो समय देखि उठाउँदै आएको माग मुद्दा बारे र अघिल्लो केपी ओली सरकारले गरेको निर्णय लोकतान्त्रिक योद्धा अभिलेखीकरण सम्मान समिति निर्माण गरी गरिएको सम्मानलाई निरन्तरता दिइ अगाडी बढाई व्यवस्थापनसहित सम्बोधन हुन बाँकी रहेका बुँदाहरू कार्यान्वयनमा लैजाने विषयमा छलफल भएको बताए ।
तत्कालीन नेकपा माओवादीले सुरु गरेको १० वर्षे जनयुद्ध पश्चात् शान्ति सम्झौता र नेपाल सरकार र माओवादीबीच अनमिनले गरेको प्रमाणीकरणमा ४००९ जनालाई २०६६ सालमा अयोग्य ठहर गर्दै बिना सम्मान घर पठाएपछि उनीहरू रुष्ट बन्दै आइरहेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको छलफल सकारात्मक भएको उपाध्यक्ष थापाले जानकारी दिए ।उपाध्यक्ष थापाका अनुसार प्रधानमन्त्रीले बाँकी अधुरो शान्ति प्रक्रियालाई पूर्णता दिन र बहिर्गमन जनमुक्ति सेना नेपाल ले उठाउँदै आएको माग मुद्दा लाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएको बताए ।
बहिर्गमन जनमुक्ति सेना नेपाल आफ्ना माग र मुद्दाको सम्बन्धमा पटकपटक सडक सङ्घर्षरत रहँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण