देश, सपना र सेतो बाकस
-सरोज दाहाल
गएको थियो ऊ धन कमाउन भनी थुप्रै सपना बोकेर
परिवारजनका इच्छा पूरा गर्न तर आफ्नो इच्छा रोकेर
गथ्र्यो फोनमा बात उसले छ यहाँ कान्ति, सुख सयल
पसिना बगाउँदै, सुख छ भन्दै सब जनसँग भो गयल
........
काढ्या थियो ऋण सय कडा तीनको साहु माजनसित
कठै यो बज्र अचानक प¥यो यही हो त संसारको रीत ?
भन्थ्यो जाने बेला पीर छैन पियारी बसे है तीन वर्ष
ल्याउँछु, कमाउँछु, जोड्ने छु ऐस्वर्य कति होला उसपछि हर्ष
........
घाम तातो, हुँदै थियो ऊ रातो पठाउँथ्यो बेतन घरमा
बुवा, आमा, जहान, सन्तती बाँच्या थिए उसकै भरमा
पठाउँथ्यो फोटो सालीन कामको गथ्र्यो ऊ मजदुरी
देशको दुःख सम्झिँदा उसको हुन्थ्यो मन कुरीकुरी
.............
लाग्यो उसलाई अचानक बज्र प¥यो त्यही छातीमा
सपना कति बुन्या थियो कठै सबै उडे त्यही रातमा
उता जहान कुर्दै थिए बेतन आज आउने कि भोलि
के थाहा ती अबोध जनलाई लागिसक्यो मुटुमा गोली
.........
जहानसँगै धान्दै थियो उसले देश को गार्हस्थ कुल
निमेकभरमा फुत्तै निभ्यो दियो देशको ढुकुटी मूल
पाए खबर बाआमा, जहान दौडे सब सरी चरी
आयो ऊ सेतो बाकसमा सुतेर कहिल्यै न उठ्ने गरी
.........
आयो चीलगाडी बोकेर बाकस बन्द गरी उसको सपना
रुँदै मुर्छा पर्दै भक्कानिन्छिन् जहान यो निद्रा हो कि जपना
यता नेताको टाउको गन्ती, हुँदै छ भागबण्डा
बालाखा उसका कुर्या छन कठै पर्यो भाग्यमा डन्डा
–बैतेश्वोर–०४, दोलखा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण