पौडेल पक्ष आन्तरिक छलफलमा
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आन्तरिक छलफलमा जुटेको छ । महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा मध्यान्ह १२ : ३० बजेबाट पौडेल पक्षीय नेताहरुबीच आन्तरिक छलफल चलिरहेको छ । १४ औं महाधिवेशनको अन्यौलता र क्रियाशील सदस्यता विवादका सन्दर्भमा छलफल भइरहेको महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले रातोपाटीलाई जानकारी दिए ।
शनिबार बसेको पदाधिकारी बैठकले साउन १२ गतेका लागि तय गरेको वडास्तरको अधिवेशन स्थगित गरेपछि पौडेल पक्ष आन्तरिक रणनीति बनाउने तयारीमा छ । क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै पार्टी कार्यालय सानेपामा जारी धर्ना र अनसनका विषयमा पनि छलफल हुने तिवारीले बताए ।
छलफलमा पौडेल पक्षीय शीर्ष नेताका साथै संस्थापन इत्तर पक्षबाट क्रियाशील सदस्यता छानविन समितिमा रहेका प्रदीप पौडेल, जीवन परियार र कल्याण गुरु पनि सहभागी छन् । आफ्नो समूहबाट मन्त्री पाउने सन्दर्भमा पनि छलफल हुने बुझिएको छ । तर अहिलेसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले नाम नमागेको पौडेल पक्षको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण