सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

पौडेल पक्ष आन्तरिक छलफलमा

आइतबार, १० साउन २०७८, १२ : ४८
आइतबार, १० साउन २०७८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आन्तरिक छलफलमा जुटेको छ । महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा मध्यान्ह १२ : ३० बजेबाट पौडेल पक्षीय नेताहरुबीच आन्तरिक छलफल चलिरहेको छ । १४ औं महाधिवेशनको अन्यौलता र क्रियाशील सदस्यता विवादका सन्दर्भमा छलफल भइरहेको महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले रातोपाटीलाई जानकारी दिए ।

शनिबार बसेको पदाधिकारी बैठकले साउन १२ गतेका लागि तय गरेको वडास्तरको अधिवेशन स्थगित गरेपछि पौडेल पक्ष आन्तरिक रणनीति बनाउने तयारीमा छ । क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै पार्टी कार्यालय सानेपामा जारी धर्ना र अनसनका विषयमा पनि छलफल हुने तिवारीले बताए । 

छलफलमा पौडेल पक्षीय शीर्ष नेताका साथै संस्थापन इत्तर पक्षबाट क्रियाशील सदस्यता छानविन समितिमा रहेका प्रदीप पौडेल, जीवन परियार र कल्याण गुरु पनि सहभागी छन् । आफ्नो समूहबाट मन्त्री पाउने सन्दर्भमा पनि छलफल हुने बुझिएको छ । तर अहिलेसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले नाम नमागेको पौडेल पक्षको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप