शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

तुलसीपुरको टरिगाउँ एयरपोर्टभित्र बम फेला, सेनाद्वारा डिस्पोज

बुधबार, १३ साउन २०७८, २२ : २८
बुधबार, १३ साउन २०७८

तुलसीपुरको टरिगाउँ एयरपोर्ट भित्र बम फेला परेको छ । इलाका प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालका अनुसार तुलसीपुर १२ टरिगाउँमा रहेको एयरपोर्ट भित्र बुधवार दिउँसो दुई बजेतिर बम फेला परेको हो । एयरपोर्टमा झाडी सफाई गर्ने क्रममा ग्रिनेड बम भेटिएको बताइएको छ । 

उक्त बमलाई १९ नम्वर बाहिनी तुलसीपुरबाट नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो । यस घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप