पचास वर्ष माथिकालाई चार दिनसम्म खोप
बिहीबार, १४ साउन २०७८, १४ : ५१
कोरोनाविरुद्धको पहिलो खोप लगाउन छुटेका ५० वर्षमाथिका नागरिकका लागि काठमाडौं महानगरपालिकामा आजदेखि पुनः भेरोसेल खोप लगाउन शुरु गरिएकोे छ । खोप कार्यक्रम चार दिनसम्म सञ्चालन गरिने छ ।
यसका लागि ३२ वटै वडामा खोप केन्द्रको व्यवस्था गरिएको छ । महानगरका शहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरका अनुसार सबै वडाबाट बिहान १० बजेदेखि नै खोप कार्यक्रम शुरु भइसकेको र साँझ ५ः०० बजेसम्म जारी रहनेछ ।
खोप लगाउनेहरूले नागरिकताको प्रमाणपत्र, पासपोर्ट, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक प्रमाणपत्र लिएर आउनुपर्ने र ती प्रमाणपत्र नभएका व्यक्तिले सम्बन्धित वडाको सिफारिस ल्याउनुपर्ने उनले बताए । दुबै र पहिलो पटक मात्र गरी हालसम्म करिब तीन लाख नगरवासीले खोप लगाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण