महन्थ ठाकुरले दायर गरेको रिट निवेदन न्यायाधीशद्वय खतिवडा र चुडालको संयुक्त इजलासमा
जनता समाजवादी पार्टी नेपालको अध्यक्षका हैसियतमा महन्थ ठाकुरले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ ।
सर्वोच्च अदालतले शुक्रबारका लागि उक्त रिट निवेदन न्यायाधीशद्वय खतिवडा र चुडालको संयुक्त इजलासमा पेसी तोकेको हो ।
निर्वाचन आयोगले जसपा नेपालको आधिकारिकतासम्बन्धी विवाद केन्द्रीय कार्यकारिणी समितिको बहुमतबाट छिनोफानो गर्ने प्रक्रिया अघि बढाएपछि उक्त प्रक्रियालाई नै रोक्न माग गर्दै ठाकुरले रिट निवेदन दिएका थिए ।
यद्यपि उक्त रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश जारी गरिरहन नपर्ने ठहर गरेको थियो । यसबीचमा निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको बहुमतका आधारमा पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिइसकेको छ ।
रिट निवेदनमा ठाकुरले कार्यकारिणी समितिकै विवाद निरूपण नगरी निर्वाचन आयोगले सिधै बहुमत र अल्पमतको परीक्षण गर्न थालेको भन्दै त्यसलाई रोक्नसमेत माग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण