कविता : बूढीऔँलाहरू
-उमेश अवस्थी ‘आदर्श’
कति दिन बाँच्छौ तिमी
यस्तै यस्तै यस्तै ज्यूँदै लास बनेर
कति दिन औँठाले छाप लगाइरहन्छौ तिमी
दास बनेर
कति वर्षसम्म सुत्छौ तिमी
देशको छातीमा कैदी बनेर ?
मेरो देश डुब्नै लाग्यो
साँझपखको घामजस्तै
बिहानीको सूर्यजस्तै गरी
कोही त उदाउनु नि अब
मेरो देशको छातीमा घाम लगाउन ।।
ज्यूँदै मर्नु र
लास बन्नुमा के फरक छ मित्र
कति दिनसम्म बेचिरहन्छौ
औँठा छाँपमा आफ्नो स्वाभिमान
अब त उठ न मित्र ।।
औँठा छापकै लागि
जन्मेका हौ भने
खसालि दिनुस् मतपत्रसँगै
बूढीऔँला पनि मतपेटिकामा
बूढीऔँलाहरू देखेर
ता कि मेरो देशको
शासकले सम्झिन सकोस्
हिजोका सहिदहरूका हात र औँला ।।
अब मतपेटिकामा
मतपत्र हैन
खसाली दिनुस रगत
र भिजाई दिनुस् मतपत्रहरू
ताकि मतपत्र गन्ने बेलामा
मेरो देशका शासकको छातीमा
उम्लियोस् वीर पुर्खाको रगत
र सम्झिन सकोस्
मेरो देशको स्वाभिमान ।।
खम्बा हुनु र
खम्बा जस्तै चुपचाप उभिनुमा
के फरक छ श्रीमान्
हुन त खम्बाले पनि बचाइरहन्छ
खम्बा हुनुको स्वाभिमान
तर तपाईं
कहिले बचाउनुहुन्छ
वीर पूर्खाको वीर सन्तान हुनुको
विशाल स्वाभिमान ।
एकपटक आफ्नो हातका
आफ्ना बूढीऔँलाहरूलाई हेर्नुस् त
काला शासकहरूलाई
कालो छाँप लगाउँदा लगाउँदै
कति काला भएका छन्
ती बूढी औँलाहरू ।।
मित्र एकपटक त धुनुस् न
आफ्ना हातका बूढीऔँलाहरू
आमाको दूधजस्तै
नेपाल आमाको छातीमा
बगिरहेको पानीमा
एकपटक चोप्नुस् त
ती औँलाहरू
काला शासकलाई
कालो छाप लगाउँदालगाउँदै
काला भएका ती औँलाहरू
कतै सेता पो हुन्छन् कि ।।
एकपटक आफ्नो हातका
बूढीऔँलाहरूलाई
सबैले धोइदिनुस् त
तपाईंहरूले एकपटक
आफ्नो हातका
बूढीऔँलाहरूलाई धोए भने
बन्ने छ मेरो देश
सुन्दर नेपाल समृद्ध नेपाल ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण