मृत्युको ताण्डव
शुक्रबार, १५ साउन २०७८, १४ : २२
–सुजित स्वरूप
हे भगवान्, मेरो प्रभु !
यो पृथ्वीलोक
तिम्रै आविष्कार होइन र ?
यहाँका बासिन्दा हामी
तिम्रै सन्तान होइनौँ र ?
सिंहासन तिमीलाई
कति प्यारो भएको ?
आफ्नो भक्तभन्दा पनि ।
हिजो त्यो रातो सिउँदो
आज रङविहीन छ
गुराँसझैँ फक्रिएको अनुहारमा
कालो बादल छाएको छ
आमाको काख रित्तो
र एउटा दूधेकबालक
अनाथ भएको छ ।
मन्दिर, मस्जिद
चर्च, गुम्बा
कहाँ छौ तिमी ?
उठ
बाहिर निस्क
र हेर
मालीको फूलबारी
सुनसान छ
फूलहरू मुर्छित छन्
कति त मृत्यु शय्यामा
दागबत्ती नपाएर
त्यतिकै छरपस्ट ।
तिम्रा औँला काटिँदा पनि
किन यति शान्त ?
किन चुपचाप ?
भो
अब मौनता तोड
हतियार उठाऊ
छोड अभेद्य वाण
र विनाश गर
त्यो अदृश्य शत्रुलाई
बन्द गर मृत्यु लोकमा
मृत्युको यो ताण्डव ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण