हेटौंडा अस्पतालमा कोरोनाबाट महिला कर्मचारीको मृत्यु
शुक्रबार, १५ साउन २०७८, २२ : १९
कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा कार्यरत एक महिला कर्मचारीको मृत्यु भएको छ । संक्रमणबाट अस्पतालमा कार्यालय सहयोगीको रुपमा कार्यरत एक महिलाको शुक्रबार साँझ मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ ।
मृत्यु हुनेमा अस्पतालकी कर्मचारी तारा तिमल्सिना रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालका कोभिड फोकल पर्सन डा.सागर काफ्लेले जानकारी दिए । कोभिडको महामारीमा बिरामीहरुको सेवाका क्रममा उनीलाई संक्रमण पुष्टि भएको डा. काफ्लेले बताए । संक्रमण पुष्टि भए लगत्तै अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको बखत उनको मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण