हेटौंडा अस्पतालमा कोरोनाबाट महिला कर्मचारीको मृत्यु
शुक्रबार, १५ साउन २०७८, २२ : १९
कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा कार्यरत एक महिला कर्मचारीको मृत्यु भएको छ । संक्रमणबाट अस्पतालमा कार्यालय सहयोगीको रुपमा कार्यरत एक महिलाको शुक्रबार साँझ मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ ।
मृत्यु हुनेमा अस्पतालकी कर्मचारी तारा तिमल्सिना रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालका कोभिड फोकल पर्सन डा.सागर काफ्लेले जानकारी दिए । कोभिडको महामारीमा बिरामीहरुको सेवाका क्रममा उनीलाई संक्रमण पुष्टि भएको डा. काफ्लेले बताए । संक्रमण पुष्टि भए लगत्तै अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको बखत उनको मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री लामिछानेसँग माफी मागे डा.निकोलस भुसालले
-
क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ
-
उद्योगमन्त्री भण्डारी र युरोपियन कमिसनका उपनिर्देशक फेरानबिच भेट
-
गगन थापामाथि खनिए ओली, संसद् बैठकमा उद्दण्डता प्रस्तुत गरेको आरोप
-
निजी क्षेत्र बजेटको केन्द्रबिन्दुमा हुनुपर्छ : अध्यक्ष ढकाल
-
यस्तो छ भोलि बस्ने प्रतिनिधिसभा बैठकका ९ कार्यसूची