भगवानको विदेश यात्रा
- सरोज दाहाल
हे भगवान! जोगाउ हामीलाई भन्दै भाकल गर्या हुन्छन्
तिमी नै पो चोरियौ रे भन्ने खबर फेरि सुन्छन्
तिम्रो भक्ति गर्न भनी भक्तजन को धुइरो लाग्दा
रात भरी मै तिमी गायब ! बिलाप गर्दै भक्त रुन्छन्
---------------------------------------------------------------
परीक्षामा तिम्रै भक्ति हिँड्छन् तिम्रो तस्बिर चुमी
भक्ति भाव छोड्या छैनन् ढोग्छन् तिमीलाई घुमी-घुमी
के थाहा उनलाई तिमी नै पो पर्या रहेछौ विपत्तिमा
कुन दिन देखि छोड्यौ तिमीले आस्था को यो सुन्दर भुमी
----------------------------------------------------------------
अमेरिका, युरोप जान कति धाए दुतावास
पासपोर्ट बोकि वर्षौँ हिडें साथ मा राखी एउटै आश
न त तिमीलाई भिसा चाहियो, न त जहाजको टिकट
भक्त भन्दा उड्यौ पहिला भन्देउ न त कुरो खास
-----------------------------------------------------------------
सजियौ रे विदेशका सङ्ग्रहालय र महल भित्र
रित्तो मन्दिर पूजा गर्छन मानी उसले तिमीलाई मित्र
कति डलर पायौ तिमीले छोडी जादा उसको आस्था
तिम्रा भक्त अझै पुज्छन् मन भित्र कोर्दै चित्र
-बैतेश्वोर-०४, दोलखा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण