प्रदेश २ : भ्रष्टाचारको कसुरमा दण्डित व्यक्तिलाई बनाइयो मन्त्रालयको सल्लाहकार
प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले भ्रष्टाचार मामिलामा अदालतबाट दण्डित व्यक्तिलाई सल्लाहकार नियुक्त गरेका छन् । विशेष अदालत काठमाडौंले भ्रष्टाचारको मुद्दामा कैद र जरिवाना तोकेका जीवनाथ चौधरीलाई मन्त्रालयको सल्लाहकार बनाइएको हो ।
भ्रष्टाचार मुद्दामा अदालतले उनीमाथि ४ महिना जेल सजाय र ६ लाख ७५ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । यद्यपि सर्वोच्चमा पुनरावेदन गरिएको उक्त मुद्दा हाल विचाराधीन छ । चौधरी तत्कालीन जिल्ला विकास समिति धनुषाका लेखापालको रुपमा कार्यरत रहँदा भ्रष्टाचारमा मुछिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरी विरुद्ध मुद्दा दायर गरेकोे थियो । उनी अहिले पनि निलम्बनमै छन् ।
निलम्बनकै अवस्थामा र सर्वोच्चमा मुद्दा विचाराधीन रहेको अवस्थामा उनलाई मन्त्रालयको सल्लाहकार पदमा नियुक्त गरिनु सुशासनमाथिको निर्मम व्यङ्ग भएको स्थानीय बुद्धिजीवी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण