यूएईमा बालबालिकालाई पनि चिनियाँ खोप लगाइने
संयुक्त अरब इमिरेट्स (यूएई) का बालबालिकालाई पनि कोरोनाभाइरसविरुद्धको चिनियाँ खोप लगाइने भएको छ । यूएईको स्वास्थ्य मन्त्रालयले चिनियाँ खोप सिनोफार्म बालबालिकालाई पनि लगाउन सकिने निष्कर्ष निकाल्दै अनुमति दिने निर्णय गरेको हो ।
मन्त्रालयका अधिकारीहरूका अनुसार ३ देखि १७ वर्षसम्मका बालबालिकालाई पनि सिनोफार्म खोप लगाउन अनुमति दिइने भएको हो । खोपका बारेमा गरिएको चिकित्सकीय परीक्षणबाट प्राप्त नतिजाका आधारमा बालबालिकालाई पनि खोप लगाउन सकिने निष्कर्ष निकालिएको अधिकारीहरूले जनाएका छन् ।
बालबालिकालाई कोरोनाभाइरसविरुद्धको खोप लगाउन अरू देशहरूले आँट नगरिरहेका बेला यूएईले गरेको निर्णयबाट धेरैलाई खुसी तुल्याएको छ । “बालबालिकालाई पनि खोप लगाएपछि कोरोनाभाइरसको महामारीविरुद्ध लड्न धेरै सजिलो हुने अपेक्षा गरिएको छ,” राज्यद्वारा सञ्चालित समाचार संस्थाले सम्प्रेषण गरेको समाचारमा उल्लेख गरिएको छ ।
चीनमा विकास गरिएको र विश्वका धेरै देशमा प्रयोग भइरहेको सिनोफार्म खोप यूएईमा पनि उत्पादन गर्न थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण