ग्लोबल एनआरएन सिंगिङ आइडलमा छानिए उत्कृष्ट २० जना
ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएका प्रतिभामध्ये उत्कृष्ट २० जना छानिएका छन् । ‘नेपाली कला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेन्ड जेनेरेसन सिजन–१ को गाला राउन्डको दोस्रो चरणबाट उत्कृष्ट २० जना छनौट भएका हुन् ।
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय यूवा समितिले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलमा डिजिटल अडिसन ओपनिङ राउन्डको अन्तरा, सारेगम र पियानो राउन्ड पार गर्दै छनोट भएका २५ जनामध्येबाट ‘गाला राउन्ड’को दोस्रो चरणमा २० जना छानिएका हुन् ।
ग्लोबल एनआरएन सिंगिङ आइडलका निर्णायकहरू गायक उदय सोताङ र विजय लामा तथा गायिका प्रश्ना शाक्य र सुनिता दुलाल रहेका छन् । २० जना उत्कृष्ट प्रतिस्पर्धाहरूमा युवराज गुरुङ (क्यानडा), बीबी मल्ल ठकुरी (कुवेत), नरेन्द्र मल्ल (कतार), सन्देश गुरुङ (अमेरिका), गोविन्द गुरुङ (कतार), आकाश न्यौपाने (जापान), कविता आरबिएम (युएई), वामदेव भाट (बहराइन), सुरेन घताङ ‘शिव’ (कोरिया), किशोर लम्साल (कतार) रहेका छन् ।
त्यसैगरी, कपिल पाइजा पुन मगर (आयरल्याण्ड), सागर विश्व सेञ्चुरी (कुवेत), दीपेश सिग्देल (नर्वे), राधिका कुमारी गोले (कोरिया), रामचन्द्र राई (कतार), अमित बिष्ट (युएई), कृष्ण खबास (युएई), प्रतिक सिडब्ल्यूए परियार (बहराइन), सतिश थापा (कतार) र रेशु स्याङतान (बहराइन) उत्कृष्ट २० मा परेका छन् ।
एनआरएनए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीले निर्णायकको मत र भोटिङमार्फत प्रतिस्पर्धाहरूलाई अघिल्लो चरणका लागि अघि बढाइएको बताए । एनआरएनए मध्यपूर्व युवा संयोजक राज रेग्मीको अध्यक्षतामा शुक्रबार सम्पन्न गाला राउन्डको दोस्रो चरणमा २५ जना प्रतिस्पर्धीहरुले प्रस्तुति दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण