भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको छ । अघिल्लो दिनको तुलनामा शनिबारको तथ्याङ्कमा झण्डै दुई हजार कम सङ्क्रमित देखिएको अधिकारीले जनाएका छन् । शनिबार विहान सार्वजनिक गरिएको दैनिक तथ्याङ्कअनुसार भारतमा थप ३८ हजार ६६७ जना नयाँ सङ्क्रमित थपिएका हुन । जबकी अघिल्लो दिन ४० हजार १२० जना नयाँ सङ्क्रमित थपिएको विवरण सार्वजनिक गरिएको थियो ।
भारतमा अहिलेसम्म कुल तीन करोड २१ लाख ५६ हजार ४९३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको पाइएको छ । त्यसैगरी भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ८७ हजार ६७३ पुगेको पनि अधिकारीले जनाएका छन् । यो सङ्ख्या कुल सङ्क्रमितको १.२१ प्रतिशत रहेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
अघिल्लो दिनको तुलनामा भने यो सङ्ख्या केही धेरै हो । अघिल्लो दिन तीन लाख ३५ हजार २२७ रहेको थियो । भारतमा सङ्क्रमणमुक्त भएकाको प्रतिशत ९७.४५ रहेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म तीन करोड १३ लाख ३८ हजार ८८ मानिस सङ्क्रमणमुक्त भएका छन् । तीमध्ये ३५ हजार ७४३ जना पछिल्लो २४ हजार सङ्क्रमणमुक्त भएका हुन् ।
त्यसैगरी ४७८ जनाको पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु भएकाको कुल सङ्ख्या चार लाख ३० हजार ७३२ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार