शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

रियल म्याड्रिडले गर्‍यो प्रिमियर लिगमा खेल्न चाहेको आरोपको  खण्डन

शनिबार, ३० साउन २०७८, १७ : १०
शनिबार, ३० साउन २०७८

बार्सिलोनाबाट प्रकाशित हुने पत्रिका मुन्डो डिपोर्टिभोले शनिबार बिहान अनौठो दाबी ग¥यो । ला–लिगाका अध्यक्ष जाभियर टेवाससँग विवाद बढेपछि रियल म्याड्रिडका अध्यक्ष फियोरेन्टिनो पेरेजले अन्य युरोपेली लिगमा आबद्ध हुनसक्ने सम्भाव्यता नियालिरहेको यसमा उल्लेख थियो । रियल म्याड्रिडले प्रिमियर लिग, सिरि ए वा बुन्डेसलिगा खेल्न सक्ने सम्भाव्यताका विषयका उनले अध्ययन गरिरहेको यस समाचार उल्लेख थियो । 

शनिबार फ्रन्ट पेजमा यो समाचार प्रकाशित भएपछि धेरै जना चकित भए । रियल म्याड्रिडले यो समाचारको खण्डन गरेको छ । ‘मुन्डो डिपोर्टिभोमा जे समाचार प्रकाशित भयो । त्यो निराधार छ । हाम्रो क्लबले ला–लिगाबाट प्रिमियर लिगमा स्थानान्तरण हुने सम्भाव्यता अध्ययन गरेको भन्ने कुरा बिलकुल झुटो हो । यो असम्भव छ । यसले केवल हामीलाई फेरि एक पटक अवरोध गर्ने मनसाय राखेको छ,’ रियल म्याड्रिडले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

ला–लिगाका अध्यक्ष टेवासले पनि यस समाचारको खण्डन गरेका छन् । ‘आजकल कस्ता तर्कहीन कुराहरू भइरहेका छन्,’ उनले ट्वीटरमा लेखेका छन् । 

प्रिमियर लिगको आफ्नै नियमअनुसार रियल म्याड्रिडले त्यहाँ खेल्न असम्भव छ । प्रिमियर लिगमा इङ्गल्यान्ड र वेल्सका क्लबले मात्रै खेल्न पाउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप