रियल म्याड्रिडले गर्यो प्रिमियर लिगमा खेल्न चाहेको आरोपको खण्डन
बार्सिलोनाबाट प्रकाशित हुने पत्रिका मुन्डो डिपोर्टिभोले शनिबार बिहान अनौठो दाबी ग¥यो । ला–लिगाका अध्यक्ष जाभियर टेवाससँग विवाद बढेपछि रियल म्याड्रिडका अध्यक्ष फियोरेन्टिनो पेरेजले अन्य युरोपेली लिगमा आबद्ध हुनसक्ने सम्भाव्यता नियालिरहेको यसमा उल्लेख थियो । रियल म्याड्रिडले प्रिमियर लिग, सिरि ए वा बुन्डेसलिगा खेल्न सक्ने सम्भाव्यताका विषयका उनले अध्ययन गरिरहेको यस समाचार उल्लेख थियो ।
शनिबार फ्रन्ट पेजमा यो समाचार प्रकाशित भएपछि धेरै जना चकित भए । रियल म्याड्रिडले यो समाचारको खण्डन गरेको छ । ‘मुन्डो डिपोर्टिभोमा जे समाचार प्रकाशित भयो । त्यो निराधार छ । हाम्रो क्लबले ला–लिगाबाट प्रिमियर लिगमा स्थानान्तरण हुने सम्भाव्यता अध्ययन गरेको भन्ने कुरा बिलकुल झुटो हो । यो असम्भव छ । यसले केवल हामीलाई फेरि एक पटक अवरोध गर्ने मनसाय राखेको छ,’ रियल म्याड्रिडले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ला–लिगाका अध्यक्ष टेवासले पनि यस समाचारको खण्डन गरेका छन् । ‘आजकल कस्ता तर्कहीन कुराहरू भइरहेका छन्,’ उनले ट्वीटरमा लेखेका छन् ।
प्रिमियर लिगको आफ्नै नियमअनुसार रियल म्याड्रिडले त्यहाँ खेल्न असम्भव छ । प्रिमियर लिगमा इङ्गल्यान्ड र वेल्सका क्लबले मात्रै खेल्न पाउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण