ओली र राजाले गरेको प्रतिगमन एउटै हो : प्रकाश ज्वाला
नेकपा एमाले माधव नेपाल समूहका कर्णाली प्रदेश संयोजक तथा कर्णालीका पूर्व मन्त्री प्रकाश ज्वालाले केपी शर्मा ओलीले कम्युनिष्टको नाममा व्यवस्थालाई आघात गर्ने काम गरेको आरोप लगाएका छन् । उनले राजतन्त्रलाई ढालेर ल्याएको लोकतान्त्रिक व्यवस्थालाई ओलीले कुल्चन खोजेको आरोप लगाए ।
शनिबार वीरेन्द्रनगरमा नेकपा एमालेको युवा संघ नेपाल कर्णाली प्रदेश कमिटी तथा पिपुल्स भोलिन्टियर (पिभि) घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ज्वालाले ओलीले कम्युनिष्टको नाममा मनोमानी गरेको बताए । नेता ज्वालाले भने– ‘हामीले लडेर ल्याएको गणतन्त्र बहुआयामिक छ । जनप्रतिनिधिमूलक संस्थामाथि केपी ओली र राजा ज्ञानेन्द्रले गरेको प्रतिगमनमा केही फरक छैन ।’ उनले थप भने– ‘राजाले गरेको प्रतिगमन हानिकारक हुने कम्युनिष्टको नाममा ओलीले गरेको प्रतिगमन सुन्दर र लोकतान्त्रिक हुने कुरा हुँदैन । जसरी राजा ज्ञानेन्द्रलाई नारायणहिटीबाट नागार्जुन पुर्याइएको थियो, त्यसैगरी केपी ओलीको प्रतिगमन ढालेर बालुवाटारबाट बालकोटको बार्दलीमा पुर्याइयो ।’
ओलीको प्रतिगमनलाई पराजित गर्न युवाहरुको अहम् भूमिका रहेको समेत उनले बताए । उनले भने– ‘दुई दुई पटक प्रतिगमन पराजित गरेर लोकतन्त्रलाई बचाएका छौँ ।’ नेता ज्वालाले केपी ओलीलाई भारतले एउटा पात्रको रुपमा प्रयोग गरिरहेको आरोप समेत लगाए । पार्टीको पोलिटब्युरो सदस्य समेत रहेका ज्वालाले ओलीको प्रतिगमनको अन्त्य माधव नेपालकै अगुवाइमा भएको जिकिर गरे ।
‘ओलीको सोच लोकतन्त्रको पक्षमा थियो कि थिएन भन्ने कुरा उतिबेला नै आन्दोलनको क्रममै पुष्टि भइसकेको थियो नि ! राजतन्त्रको विरुद्धमा सडकमा कार्यकर्ता लडिरहेका बेला बालकोटको छतबाट काजू खाँदै ओली भन्दै थिए ‘ बयलगाडा चढेर अमेरिका जान सकिँदैन’ ज्वालाले भने, ‘राजतन्त्र फाल्न असम्भव भन्थे ओली । तर,हामीले फाल्यौँ ।’ ओलीकै कारण एमाले पार्टी संकट परेको उनको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन आयोगका प्रतिवेदन प्रतिनिधि सभामा पेस
-
श्रेणीविहीन कर्मचारी हटाउने सरकारको निर्णयप्रति आजपाको आपत्ति
-
कांग्रेसका ४ मन्त्रीले राजीनामा दिएसँगै कर्णालीका मुख्यमन्त्रीले आफैँसँग राखे मन्त्रालय
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण