म्युजिक भिडियोमा अभिनेत्री सुमी
सोमबार, ३२ साउन २०७८, १० : ४२
केही वर्ष अगाडि फिल्म ‘सरौतो’मा एक्सन गर्दै देखा परेकी थिइन् अभिनेत्री सुमी मोक्तान । फिल्मको प्रदर्शनसँगै हराएकी मोक्तान अहिले भने म्युजिक भिडियोमा देखिएकी छन् ।
गायक प्रदिप लामाको नयाँ गीत ‘खै त तिम्रो बुट्टे सारी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । जसमा अभिनेत्री मोक्तान रोमान्टिक अन्दाजमा देखिएकी छन् । लोक सेलोमा तयार गीतको भिडियोमा मोक्तानको अलवा भीमफेदी गाइजको समेत अभिनय छ । हस्त लामाको शब्द, संगीतमा युवाको प्रेम र आकर्षण प्रस्तुत गरिएको गीतमा जोगलाल लामाको संगीत संयोजन रहेको छ ।
निर्मलकुमार लामाले निर्देशन गरेको म्युजिक भिडियोमा सूर्य लामाको छायाँकन तथा सम्पादन छ । करिब एक दशकदेखि गायनमा सक्रिय लामाको ‘मोहनी लाइदिउकि’, ‘मायाले बोलाको’, ‘हेलम्बु माथि’ लगायत गीत चर्चामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण