शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

म्युजिक भिडियोमा अभिनेत्री सुमी

सोमबार, ३२ साउन २०७८, १० : ४२
सोमबार, ३२ साउन २०७८

केही वर्ष अगाडि फिल्म ‘सरौतो’मा एक्सन गर्दै देखा परेकी थिइन् अभिनेत्री सुमी मोक्तान । फिल्मको प्रदर्शनसँगै हराएकी मोक्तान अहिले भने म्युजिक भिडियोमा देखिएकी छन् ।

गायक प्रदिप लामाको नयाँ गीत ‘खै त तिम्रो बुट्टे सारी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । जसमा अभिनेत्री मोक्तान रोमान्टिक अन्दाजमा देखिएकी छन् । लोक सेलोमा तयार गीतको भिडियोमा मोक्तानको अलवा भीमफेदी गाइजको समेत अभिनय छ । हस्त लामाको शब्द, संगीतमा युवाको प्रेम र आकर्षण प्रस्तुत गरिएको गीतमा जोगलाल लामाको संगीत संयोजन रहेको छ ।

निर्मलकुमार लामाले निर्देशन गरेको म्युजिक भिडियोमा सूर्य लामाको छायाँकन तथा सम्पादन छ । करिब एक दशकदेखि गायनमा सक्रिय लामाको ‘मोहनी लाइदिउकि’, ‘मायाले बोलाको’,  ‘हेलम्बु माथि’ लगायत गीत चर्चामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप