अफगानिस्तान : चीन र रुसले दूतावास खाली नगर्ने
विद्रोही समूह तालिबानले राजधानी काबुलसहित अफगानिस्तानमा नियन्त्रण बनाएसँगै अमेरिका र उसका सहयोगी राष्ट्रहरूले आफ्ना दूतावास खाली गराएका छन् । तर, चीन र रुसले भने आफ्ना दूतावास बन्द नगर्ने सङ्केत दिएको छ ।
चीनले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई घरभित्र नै बस्न र पछिल्लो घटनाक्रमबारे जानकारी दिएको छ । उसले अफगानिस्तानका विभिन्न समूहलाई आफ्ना नागरिकको सुरक्षाका लागि आग्रह गरेको जनाएको छ । त्यस्तै, रुसको विदेश मन्त्रालयले पनि राज्यद्वारा सञ्चालित मिडियालाई अफगानिस्तान छाड्ने सरकारको कुनै योजना नरहेको बताएको छ ।
तालिबानका प्रतिनिधिहरूले गत जुलाईको अन्त्यमा चीन भ्रमण गरेर विदेश मन्त्री वाङ यीसँग भेटवार्ता गरेका थिए । यस भेटलाई तालिबानलाई राजनीतिक शक्तिको रूपमा अन्तर्राष्ट्रिय मान्यताको रूपमा हेरिएको थियो ।
चीनको विदेश मन्त्रालयले चीनले अफगानिस्तानको आन्तरिक मामिलामा ‘हस्तक्षेप नगर्ने’ नीति अवलम्बन गर्ने जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश : प्रदेश मामिला समितिको सभापतिमा लामा चयन
-
प्रधानमन्त्रीलाई कोइरालाको प्रश्न: कति पटक विश्वासको मत लिनुहुन्छ ?
-
साताको सेयर बजार : परिसूचकसँगै बढ्यो कारोबार
-
माधवको प्रचण्डलाई व्यङ्ग्य, ‘हाम्रो प्रधानमन्त्रीज्यू अत्यन्तै बिजी हुनुहुन्छ’
-
रविजी गृह मन्त्रालयमा बस्न पाउनुहुन्न : शेखर कोइराला
-
संसद्लाई धेरै समय बन्धक बनाएर राख्नुहुँदैन : सभामुख