रुकुम पूर्वमा निषेधाज्ञा १० दिन थपियो
मङ्गलबार, ०१ भदौ २०७८, १२ : ५८
रुकुम (पूर्व) मा निषेधाज्ञाको अवधि पुनः १० दिन थपिएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसिएमसी)को बैठकको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयले पुनः १० दिनसम्म निषेधाज्ञालाई थप गरेको हो ।
जसअनुसार अब भदौ १० गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा जारी रहने प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए । उनका अनुसार यसअधि यही साउन २५ गतेदेखि ३२ गते सम्म जिल्लामा निषेधाज्ञा थियो ।
कोरोना संक्रमणको जोखिम केही कम भए पनि पूर्णरुपमा नियन्त्रण नभएको र दैनिकजसो संक्रमितहरु भेटिरहेकाले निषेधाज्ञाको अवधि बढाइएको प्रजिअ बास्कोटाको भनाइ छ ।
जिल्लामा गत बैशाख २१ गतेदेखि निषेधाज्ञा जारी छ । सुरुमा कडाई गरिएको निषेधाज्ञामा अहिले केही खुकुलो बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितको आँसु पुछ्न सरकारसँग रास्वपा सांसद लिमा अधिकारीको माग
-
तीन आयोगका प्रतिवेदन प्रतिनिधि सभामा पेस
-
श्रेणीविहीन कर्मचारी हटाउने सरकारको निर्णयप्रति आजपाको आपत्ति
-
कांग्रेसका ४ मन्त्रीले राजीनामा दिएसँगै कर्णालीका मुख्यमन्त्रीले आफैँसँग राखे मन्त्रालय
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण