कर्णालीमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु
कर्णाली प्रदेशमा थप ९७ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । ११७ जनामा गरिएको आरटी–पीसिआर विधिबाट कोरोना परीक्षणका क्रममा ४९ र २७८ जनामा गरिएको एन्टिजेन विधिबाट कोरोना परीक्षणका क्रममा ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
स्वास्थ्य सेवा निर्देशनालयका अनुसार मंगलबार सबैभन्दा धेरै सुर्खेतमा २७ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै जुम्लामा २०, रुकुमपश्चिममा २१, कालिकोटमा ११ दैलेखमा ७, सल्यान र जाजरकोटमा ३÷३,र हुम्लामा १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य निर्देशक रविन खड्काले जानकारी दिए ।
यस्तै मंगलबार ६९ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् भने सक्रिय संक्रमितको संख्या ९०५ मा उक्लिएको छ।
मंगलबार प्रदेशमा जुम्लामा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु भएको छ।
प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३६० पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम संस्कृति पार्टीले भन्यो– पहिचान र विकासका लागि सङ्घीयता अपरिहार्य
-
सरकारको १०० दिन उपलब्धिविहीन, जनताको धैर्यको बाँध टुट्न सक्छ: राई
-
थुनामा रहेका टोपबहादुरसहितका प्रतिवादीले बाहिर बसेर मुद्दा लड्ने सुविधा पाउँछन् ?
-
मिटरब्याज पीडितको आँसु पुछ्न सरकारसँग सांसद अधिकारीको माग
-
तीन आयोगका प्रतिवेदन प्रतिनिधि सभामा पेस
-
श्रेणीविहीन कर्मचारी हटाउने सरकारको निर्णयप्रति आजपाको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण