सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
ज्योतिष कुना

आजको राशिफल : कुन राशिका लागि आजको दिन शुभ ?

बुधबार, ०२ भदौ २०७८, ०५ : ५७
बुधबार, ०२ भदौ २०७८

आजको राशिफल
वि.सं.२०७८ साल भदौ ०२ गते । बुधबार । ईश्वी सन् २०२१ अगष्ट १८ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– एकादशी, बेलुकी ११ बजेर ५७ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– मूल, रातको १२ बजेर ०४ मिनेट उप्रान्त पूर्वाषाढा । योग– विष्कुम्भ, बेलुकी १० बजेर ०४ मिनेट उप्रान्त प्रिती । करण–वणिज, दिउसो ०१ बजेर ०५ मिनेट उप्रान्त भद्रा, बेलुकी ११ बजेर ५७ मिनेट उप्रान्त बव । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–धनु । 

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ३६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३८ मिनेट । दिनमान ३२ घडी ३३ पला । पुत्रदा एकादशी व्रत ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साथीभाइ तथा आफन्तहरूको सहयोग पाइने हुनाले मन प्रसन्न रहनेछ भने नयाँ काम गरी आम्दानीका स्रोतहरू फराकिला पार्न सकिनेछ । समयले साथ दिने हुनाले मन प्रसन्न रहने तथा भाग्य वृद्धि हुनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय मध्यम रहेकोले कुनै व्यापार व्यवसायमा लगानी गर्नको लागि केही दिन कुर्नुहोला । आर्थिक व्यवस्थापनका लागी गरिने कामहरू अन्तिम निष्कर्षमा नपुगी बीचमानै अवरुद्ध हुन सक्छन्,ध्यान दिनुहोला । 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मानव निर्मित भौतिक सम्पत्तिको प्रयोग गर्न पाइने  तथा विलासी जीवन व्यतित गरी रमाउने समय रहेको छ । जीवन साथीसँग रमाइलो यात्राको तय गर्न सकिनेछ भने एकल तथा साझेदारी व्यवसायबाट प्रशस्त आम्दानी गर्न सकिनेछ ।
 
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार विस्तार गरी प्रशस्त रुपैयाँ पैसा कमाउनेछ । नयाँ ठाउँको भ्रमण गरी सङ्गीतको सुमधुर धुनमा रमाउन सकिनेछ । 


सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययनमा मन जानेछ भने सफल हुने सूत्र पत्ता लगाउन सकिने हुँदा नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेमका कोपिलाहरू फक्रिएर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनीति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यवहार गर्नुहोला आलोचनाको शिकार हुनुपर्नेछ । व्यापार व्यवसायमा लगानी गर्ने समय नरहेकोले केही समय पर्ख र हेरको रणनीति अपनाउनु होला । 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रेममा नजिकिने समय रहेको छ भने जीवन साथीको सहयोगले नयाँ कामको थालनी  गर्न सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आत्मीय मित्र तथा साथीभाइहरूको सहयोगले सकारात्मक कामहरू गर्न सकिनेछ ।  बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे आम्दानी गर्न सकिनेछ ।  

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समयमा कामहरू सम्पन्न हुने तथा अरूको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेको छ सचेत रहनुहोला । व्यापारमा लगानी गर्न केही समय पर्खनु राम्रो रहेको छ । 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)   छोटो समय तथा सानो प्रयत्नले कामहरू बन्ने हुँदा मन प्रसन्न हुनेछ । भाग्यले प्रेम पात्र जुराउने ग्रहयोग रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ काम पाउने तथा नोकरीमा बढुवाको प्रशस्त सम्भावना रहेको छ । सरकारी तथा प्रशासनिक कामहरू समयमा सम्पादन हुँदा मन प्रसन्न हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप