सुवासले अमेरिकामा बनाए ‘आउँ साथी नाचौँ गाउँ’
पछिल्लो समय अमेरिकामा रहँदै आएका फिल्म अभिनेता सुवास थापाले त्यहाँबाट आफूलाई निर्देशन, अभिनय दुवै विधामा क्रियाशील बनाइरहेका छन् । केही अगाडि आफ्नो निर्देशन अभिनय गरेको ‘कुल्ची हिँड्छन् फूललाई’ गीत सार्वजनिक गरेका थापाले अहिले फेरि तीज गीतको भिडियो बनाएका छन् ।
थापाको निर्देशन रहेको तीज गीत भिडियो ‘आउँ साथी नाचौँ गाउँ’ सार्वजनिक भएको छ । सीमा शाहको स्वर तथा भामा देवकोटा शर्माको शब्द रहेको गीतमा करणराज कार्कीले सङ्गीत दिएका छन् । गीतमा विजेश्वर तण्डुकारको सङ्गीत संयोजन छ ।
रामेश्वर कार्कीको छायाङ्कन रहेको भिडियो अराज केशव गिरीले सम्पादन गरेका हुन् । विनिता खड्काद्वारा कोरियोग्राफी गरिएको भिडियोमा विनिता खड्का थापा, भामा शर्मा, नम्रता शर्मा, मिनिता श्रेष्ठका साथमा बाल कलाकारहरू आर्या भट्टराई, प्रसिस शर्मा, प्रत्यूस शर्मालगायतको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण