रुकुम पूर्वका सबै आइसोलेशन खाली
कोरोना सङक्रमित बिरामीका लागि बनाइएका यहाँका आइसोलेशन वार्ड अहिले खाली भएको छ । पछिल्लो समय भूमे गाउँपालिको आइसोलेशन र रुकुम (पूर्व) अस्पतालको आइसोलेशनका सङ्क्रमित डिस्चार्ज भएकाले त्यहाँका वार्ड खाली भएका हुन् ।
सिस्ने गाउँपालिकाले भने आइसोलेशन अस्पताललाई नै हस्तान्तरण गरेकामा त्यहा कोभिड सङ्क्रमितको उपचार हुँदै आएको छ ।
जिल्लास्थित सबै आइसोलेशनमा रहेका सङ्क्रमित निको भई डिस्चार्ज भइसकेका र नयाँ सङ्क्रमित भर्ना नभएकाले साउन ३२ गतेदेखि नै ती वार्ड खाली भएको स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति नीमप्रसाद गीरीले जानकारी दिए । पुथाउत्तरगङ्गा गाउँपलिकाको आइसोलेशन भने यसभन्दा अगााडि नै खाली भइसकेको थियो ।
अहिले जिल्लामा २५सक्रिय सङ्क्रमित रहेका र उनीहरू सबै होम आइसोलेसशनमा छन् । उनका अनुसार कोरोनाको दोस्रो लहर सुरु भएयता हालसम्म ५४१ मा कोरोना पोजेटिभ देखिएकामा ५१० निको भइसकेका र १३ को मृत्यु भएको थियो । पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमित घट्दै गएको पाइएको छ ।
अस्पतालसहित जिल्लाका तीनवटै गाउँपालिका र विभिन्न स्वास्थ्यचौकीबाट कोरोनाको परीक्षण भइरहेकामा सङ्क्रमित घट्दै गएकाले परीक्षणको दायरा पनि घटाइएको छ । अहिले अस्पतालमा मात्रै दैनिक परीक्षण भइरहेको स्रोतव्यक्ति गीरीले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण