बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

प्रहरी चौकी भवन बनाउन जग्गादान

आइतबार, ०६ भदौ २०७८, १० : ३८
आइतबार, ०६ भदौ २०७८

-दाने बोहोरा
हुम्लाको दक्षिण भेगमा अवस्थित  मिमी प्रहरी चौकीको नयाँ भवन निर्माण गर्न स्थानीयवासी गोर्ख बोहराले तीन रोपनी जग्गादान गरेका छन् । चङ्खेली गाउँपालिका–१ मा रहेको सो  चौकी  भाडाका घरमा बस्दै आएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हेरम्बा शर्माले स्थानीयवासी बोहोरालाई जग्गा उपलब्ध गराएकामा धन्यवाद दिनुहुँदै नागरिक र प्रहरीको सम्बन्धलाई अगामी दिनमा अझ सुदृढ बनाउन आग्रह गरे ।   जिल्ला प्रहरी कार्यालयसहित हुम्लामा पाँच मात्रै चौकी आफ्नै भवनमा बस्दै आएका छन् ।

१४ प्रहरी चौकी भाडामा बस्दै

जिल्ला प्रहरी कार्यालयसहित १९ चौकीमध्ये हाल १४ चौकी भाडा तिरेर बस्दै आएका छन् । नाम्खामा रहेको मुचु , लिमी, ठेहे र गल्फागाड प्रहरी चौकी मात्रै आफ्नै भवनमा बस्दै आएका छन् भने अन्य चौकी अझैसम्म भाडाका घरमा बस्दै आएको प्रहरी नायब उपरीक्षक शर्माले बताए ।

चीनसँग सीमा जोडिएको हिल्ला र बाजुरासँग सीमा जोडिएको कवाडी प्रहरी चौकीको भवन प्रदेश सरकारको बजेटबाट निर्माणाधीन भए पनि हाल बजेट अभावका कारण स्थगित भएको उनले जानकारी दिए । उनले भने, “आफूहरुसँग जिल्लाका सबै प्रहरी चौकी निर्माणका लागि बजेट छैन”, प्रदेश सरकारबाट आएको थोरै बजेटबाट दुई चौकीको भवन निर्माण सुरु गरियो । अहिले रकम अपुग भएपछि काम स्थगित भएको छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप