कर्णालीमा आइतबार ह्वात्तै घटे संक्रमित
आइतबार, ०६ भदौ २०७८, १८ : ४५
कर्णाली प्रदेशमा आइतबार कोरोना संक्रमणको दर ह्वात्तै घटेको छ।
प्रदेशभर १५ जनामा मात्र कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ भने ४० जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् ।
आइतबार ८४ जनामा एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार भदौ महिना शुरुभएदेखि कर्णालीमा पुनः कोरोना संक्रमण दरमा कमी आउन थालेको छ ।
आइतबारको संक्रमणदर साउन महिनायता कै न्युन हो । आईतबार कोरोना संक्रमण देखिनेमा ७ जना जाजरकोट, रुकुम पश्चिमका ५ र सल्यानमा ३ जना रहेका छन् । सुर्खेतमा आईतबार संक्रमितको संख्या शुन्य रहेको छ ।
आईतबार कोरोना संक्रमणबाट कसैले पनि ज्यान गुमाएका छैनन्।
स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा सक्रिय संक्रमितको कुल संख्या घटेर ८६७ मा खुम्चिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण