लुम्बिनीका मुख्यमन्त्रीद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस, विपक्षी बेन्चमा एक जनामात्र सांसद
सोमबार, ०७ भदौ २०७८, १६ : २२
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । सोमबार बसेको प्रदेशसभाको तेस्रो बैठकमा मुख्यमन्त्री केसीले आफूमाथिको विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम केसीको नेतृत्वमा गठित सरकारले सोही धाराको उपधारा ४ बमोजिम विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार प्रदेशसभामा प्रस्ताव पेस गरेको हो ।
प्रदेशसभा बैठकलाई प्रमुख प्रतिपक्ष नेकपा एमालेले भने बहिष्कार गरेको छ । एमाले संसदीय दलका उपनेता वैजनाथ चौधरीले आफूहरुलाई विश्वासको मतसम्बन्धी प्रस्तावबारे जानकारी नभएको भन्दै बैठकमा सहभागी नभएको बताए ।प्रदेशसभा बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद तारा जिसी विपक्षी बेन्चमा बसेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण