नेपाली भूमि लिमी लाप्चाबाटै मानसरोवर कैलाश दर्शन, भारतीय तीर्थारु हुम्लामा
झण्डै एक वर्षसम्म विदेशी पर्यटक आगमन नभएको हुम्लामा केही दिनदेखि पर्यटक पुग्न थालेका छन् । मानसरोवर कैलाश दर्शनका लागि भारतीय तीर्थारु हुम्ला पुग्न थालेका हुन् । कोरोना सङ्क्रमणले चीनसँगको हिल्सा नाकाको रुट खुल्ला नभए पनि जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमी लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गर्न मिल्ने भएकाले भारतीय तीर्थारु आउन थालेका हुन् ।
भारतीय तीर्थयात्री हुम्लाबाटै मानसरोवर दर्शनका लागि काठमाडौंबाट हवाइजहाजमार्फत जिल्ला पुग्न थालेपछि पर्यटन व्यवसायीले कोरोना सङ्क्रमणबाट बच्नका लागि स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरेर तयारी थालेका छन् । नेपाली भूमि लिमी लाप्चाबाट मानसरोवर कैलाशको दर्शन र पूजापाठ गर्न सकिने भएपछि भारतीय तीर्थयात्रीका लागि नेपाली खाना पकाउने र पथप्रदर्शकको टोली जिल्लामा पुगेका छन् ।
भारतीय पर्यटक नेपालगञ्ज हुँदै हुम्ला आउन सुरु भएको छ । आन्तरिक तथा बाह्य पर्यटक जिल्लामा आउन थालेपछि हुम्लाका होटेल व्यवसायीमा खुसीयाली छाएको छ । हालसम्म ४३ जना व्यवसायी सिमकोट पुगिसकेको र अझै १२ जना आउने तयारीमा रहेका छन् । पहिलो चरणमा कुक(खाना पकाउने), पथप्रदर्शक र सामग्री सिमकोट आइपुगेका छन् । आइतबारदेखि भारतीय सद्गुरु जग्गी वासुदेवसहित ५० जनाको भारतीय टोली हुम्ला आउने भएको छ ।
केही दिनमा जिल्ला पुग्ने भारतीय सद्गुरुको टोली नेपालगञ्जबाट सिमकोट पुगेपछि पैदल मार्ग हुँदै लाप्चा पुगेर मानसरोवरको दर्शन गर्नुका साथै लिमी लाप्चाबाट पूजापाठ गर्ने योजना रहेको सोही टोलीका दोर्जे शेर्पाले बताए । सद्गुरुको टोलीमा ५० भारतीय तीर्थारु र अन्य नेपाली गरी करिब १५० जना रहेको शेर्पाले बताए । सामान लिमी लाप्चा पुर्याउनका लागि १२ वटा बोलेरो बुकिङ गरेको उनले बताए ।
अन्य तीर्थारु सबै पैदल हिँडेर लाप्चा जाने भएको शेर्पाले जानकारी दिए । अहिले सद्गुरु बस्नका लागि सदरमुकामको खेलमैदानमा ५०÷६० वटा पालको व्यवस्था गरिएको गरिएको छ । यसअघि भारतीय तीर्थयात्रीको एक टोली हुम्ला पुगेर नेपाली भूमि लिमी लाप्चाबाट मानसरोवर दर्शन गरेर फिर्ता भएको छ ।
सङ्क्रमण बढ्न सक्ने भन्दै हुम्लीमा असन्तुष्टि
ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटक हवाईमार्गबाट हुम्ला पुग्न थालेपछि यहाँका स्थानीयवासीले असन्तुष्टि जनाएका छन् । जिल्लामा अझै सङ्क्रमणको दर घटिनसकेका कारण ठूलो सङ्ख्यामा विदेशी आउँदा उनीहरूको कोरोना परीक्षण नगरेको भए थप सङ्क्रमण बढ्न सक्ने सिमकोट–६ निवासी दशरथ रावतले बताए । उनले भने, “विदेशी पर्यटक आउनु राम्रो कुरा हो, हाम्रो आयस्रोतसमेत बढ्छ तर यस्तो महामारीको समयमा हुल बाँधेर जिल्ला पुग्नु राम्रो कुरा होइन । भारतमै पनि सङ्क्रमणको अवस्था भयावह छ, उनीहरु जिल्ला पुग्दा थप जटिल समस्या निम्तिन सक्छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण