पार्टी सभापतिका कारण क्रियाशील सदस्य वितरण विधानअनुरुप भएन : प्रकाशमान सिंह
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाकै कारण पार्टीको क्रियाशील सदस्यता वितरण विधिविधान अनुरुप वितरण हुन नसकेको आरोप लगाएका छन् । प्रथम महिला नेतृ मंगलादेवी सिंहको २५ औं स्मृति दिवसको अवसरमा नेपाल महिला संघ काठमाडौं जिल्लाद्वारा शोभा भगवतीमा आयोज माल्यार्पण कार्यक्रममा नेता सिंहले पार्टीको क्रियाशील सदस्यता वितरण विधिविधान अनुरुप वितरण नभएकाले समस्या देखिएको बताए ।
यसको कारण पार्टी सभापति भएको भन्दै क्रियाशिल विवादलाई पार्टी सभापतिले जतिसक्दो छिटो प्रक्रिया अनुसार टुङ्ग्याउनुपर्ने उनको भनाई छ । ‘क्रियाशील सदस्यता वितरणमा व्यापक धाँधली भएको छ । फाइनल लिस्टलाई तत्काल सार्वजनिक गर्नुपर्दछ’ उनले भने, ‘विधि प्रक्रिया अनुसार महाधिवेशन गर्नुपर्नेमा उहाँको जोड रहेकोछ । पारदर्शी तरिकाले पार्टीलाई अगाडि बढाउनुपर्दछ ।’
साथै उनले काँग्रेस तानाशाहलाई ढालेर आएको पार्टी भएको स्मरण गराउँदै पार्टीभित्र कोही तानाशाह बन्न खोजे विधि विधान अनुरुप तह लगाउनेसमेत चेतावनी दिए । क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने भन्दै बुधबारबाट जिल्ला सभापतिहरूले समेत अनशन थाल्दा पनि पार्टी नेतृत्वले ध्यान दिन नसकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण