हरिवंश र मिलनको ‘ए कालु भेना’ मा नाजिर र आँचल
वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य पछिल्लो समय अभिनयको अलवा गायनमा पनि सक्रिय छन् । उनको स्वर र अभिनयमा रहेको गीत ‘माछीलाई खोलीको लेउ’ अहिले चर्चामा छ ।
अहिले भने आचार्यको स्वर रहेको अर्काे गीत ‘ए कालु भेना’ सार्वजनिक भएको छ । गीतमा उनलाई गायनमा गायिका मिलन नेवारले साथ दिएकी छन् । हरिवंशकै शब्द तथा संगीत रहेको गीतमा किरण तुलाधरको एरेन्ज छ ।
गीतको आकर्षक भिडियो समेत बनको छ । जसको निर्देशन गम्भीर विष्टले गरेका हुन् । भिडियोमा हरिवंश आचार्य, नाजिर हुसेन, आँचल शर्मा र आर्यन खरेलको अभिनय देख्न सकिन्छ ।
गाउँघरको परिवेश र त्यहाँको माहोल देखाउन खोजिएको भिडियोमा कोरियोग्राफी समेत गम्भिरको छ । नवराज उप्रेतीको छायाँकन रहेको भिडियो भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । गज्जब टिभीको प्रस्तुति रहेको गीतको भिडियो गज्जब टिभीको अफिसियल युट्युवबाट सार्वजनिक भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण