सुर्खेतमा तरुण दलका वडा उपाध्यक्षमाथि खुँडा प्रहार

सुर्खेतमा तरुण दलका एक वडा उपाध्यक्षमाथि खुँडा प्रहार भएको छ । वीरेन्द्रनगर नगरपालिका–१ का तरुण दलका उपाध्यक्ष समेत रहेका २५ वर्षीया सन्तोष गिरीमाथि वीरेन्द्रनगरको धमला चोकमा खुँडा प्रहार भएको प्रहरीले बताएको छ।
शुक्रबार बेलुकी ६ बजेतिर धमला चोकको एक कटेजमा घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले गिरीको दायाँ हातको बुढी औँला र बायाँ हातमा चोट लागेको रातोपाटीलाई जानकारी दिए । यद्यपि, उनले घटनाबारे थप कुरा अनुसन्धानपछि जानकारी गराउने बताए ।
मोटरसाइकलमा आएको एक समूहले सन्तोषमाथि खुँडा प्रहार गरेको तरुण दलका जिल्ला अध्यक्ष हरि विष्टले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘घटनाको सुरुवात बिहीबार साँझ एक होटलबाट नै सुरुवात भएको बुझिएको छ। खुँडा हान्ने को हुन भन्नेबारे स्पष्ट जानकारी भने आएको छैन ।’
गिरीको वीरेन्द्रनगरस्थित माया नर्सिङ होममा उपचार भइरहेको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई सय वर्षअघि पनि प्रयोगमा आउँथ्यो कन्डम, राखियो प्रदर्शनीमा
-
नेपालगञ्जमा धुमधामले मनायो बकर इद
-
काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद
-
कर्मचारीले नागरिकका समस्या र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : परराष्ट्रमन्त्री राणा
-
साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव
-
आइतबारको संसद् बैठक सहज रूपमा सञ्चालन हुने सभामुख घिमिरेको सङ्केत